मानिसको छाला सामान्य, सुख्खा, तैलीय, सुख्खा र तैलीयको मिश्रण र संवेदनशील किसिमको हुन्छ ।
१. छालाको सुस्तपना
छालामा केरटिनाइजेसनका कारण सुस्कपना हुन्छ । यस किसिमको प्रकृतिले छिटो वा ढिलो छालालाई सुस्क बनाउँछ । रक्सी र धूमपानजस्ता टक्सिनको सेवनले, हर्मोनका कारणले, बढ्दो उमेरले छाला सुस्क हुने गर्छ ।
२. आँखाको मुनिको कालो दाग
आँखा मुनिको डार्क सर्कल अर्थात् कालो दाग रगतको खराबीले हुने गर्छ । यसले आँखाको तल कालो वा नीलो दाग बसाउँछ । यो पिगमेन्टेसनका कारण पनि हुने गर्छ । पिगमेन्टेसन भनेको मानिसको छालाको रङको परिवर्तन हुने प्रक्रिया हो । जुन केही शरीरको असामान्य अवस्थामा हुने गर्छ । आँखा मुनिको डार्क सर्कल देखियो भने तपाईंले बुझ्न आवश्यक छ, या त तपाईंको रगतमा खराब तरिकाले रक्तसञ्चार भइरहेको छ कि त आँखाको तनाब बढिरहेको छ । पिगमेन्टेसनका कारण पनि यस्तो भइरहेको हुनसक्छ ।
३. बढ्दो उमेर
उमेरभन्दा पहिले नै छाला चाउरिन थाल्नुका कारणहरुमा इन्सोम्निया, कम पोषण भएको खाना, रक्सी र धूमपानजस्ता टक्सिनको सेवन हुन सक्छ । त्यस्तै सूर्यका किरणले प्रत्यक्ष असर पार्दा पनि छाला चाउरिन सक्छ ।
प्रकाशित: २१ आश्विन २०७४ १०:४७ शनिबार