coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

महानगरले पाएन प्रअ, आवेदनका लागि सात दिन म्याद थप

काठमाडौँ महानगरपालिकाले प्रधानाध्यापक नियुक्तिमा माग अनुसारको आवेदन नपरेपछि पुनः म्याद थप गरेको छ।

म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी

प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।

डाक्टर कुटपिट घटनामा अनुसन्धान गर्न तीन दिन म्याद थप

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर कुटपिट घटनाका आरोपितलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ।

पोखरा–मुग्लिन राजमार्गः पूर्वि खण्डमा ३२ र पश्चिम खण्डमा ९ प्रतिशत मात्र काम

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्वि खण्ड झन्डै ३२ र पश्चिम खण्डको ९ प्रतिशत मात्र काम सकिएको छ। पूर्वीखण्डका लागि अब आठमहिना र पश्चिम खण्डका लागि एकवर्ष मात्र समय बाँकी छ।

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने ठेकेदारलाई म्याद थप

सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो।

म्याद थपको प्रक्रियाप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले एकमुष्ट म्याद नथपेको विषयमा निर्माण व्यवसायी असन्तुष्ट भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरेर सरकारले आयोजनाको प्रगतिका आधारमा म्याद थप गर्ने अधिकार आयोजना प्रमुखको तजबिजमा छाडेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

ललिता निवास प्रकरण: चार जनालाई म्याद थपको लागि अदालत लगियो

ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चारजनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडाैंमा लगिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेको चारै जनालाई थप अनुसन्धानको लागि म्याद थप गर्न अदालतमा उपस्थित गराएको हो।

पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपका लागि अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ। आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘क्यालिब्रेसन फ्लाइट’ हुन नपाएपछि म्याद थपियो

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोश्रोपटक म्याद थपिएको छ। विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि म्याद थप्नुपरेको विमानस्थल आयोजनाले बताएको छ। झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको छ।

बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः तोकिएको समय सकियो, विमानस्थल पूरा भएन

निर्माण अवधिमा कुनैखाले अवरोध नआउँदो हो त शनिबार (जुलाई १०) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण हुनुपर्ने हो । तर, कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पूरा हुन सकेन । विमानस्थल निर्माण गरिरहेको कम्पनीले एक वर्ष म्याद थप्नका लागि माग गरेको छ ।

भागरथी हत्याका आरोपितलाई पाँच दिन म्याद थप

दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपितलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि पाँच दिनको लागि थपिएको म्याद सकिएपछि थप अनुसन्धान गर्न पाँच दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोभिड प्रभावित आयोजनाको म्याद ६ महिना थप

सरकारले कोभिड १९ प्रभावित आयोजनाको लागत र आर्थिक दायित्व नबढ्ने गरी ६ महिना म्याद थप गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्