१५ वैशाख २०८१ शनिबार
image/svg+xml

पहाडमा लागुऔषध र तराईमा खुला सीमा चुनौती

लुम्बिनी प्रदेशस्थित तराईका जिल्लामा खुला सीमाका कारण साना हातहतियार र पहाडी जिल्लामा लागुऔषधसँगै वैदेशिक रोजगारीले सिर्जना गरेका समस्या सुरक्षा चुनौतीका रूपमा देखिएका छन्।

पवित्र सम्पदा अपवित्र साँठगाँठ

ल्हारक्यालको नियुक्ति पनि यस्तै काम गर्न गराउनकै निम्ति भएको हो भन्नेमा द्विविधा छैन। सम्पदास्थलका जग्गा आफ्ना आसेपासेलाई दिनै पर्ने कस्तो बाध्यता हो ? यो बाध्यताभन्दा पनि मिलेर सबै क्षेत्रमा लुटतन्त्र चलाउने प्रवृत्ति हो।

'उत्तरकोरियाले रूससँग हतियार कारोबाहर गरेकाे छैन'

'हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,' रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन्।

गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ

गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन्। गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो।

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

अवैध साना हतियारले सुनसरीमा सुरक्षा चुनौति

यसरी हातहतियार बिक्री वितरण तथा ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्दा छन्। प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा चालू आर्थिक वर्षमा दुईवटा हतियार काण्डमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको छ।

सैन्य विभाग प्रमुखविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरू

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरा ‘जोखिम’ विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाएको छ । पहिलो चरणमा हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

खोलामा बगे भनिएका हतियार गोठमा, सूचना लुकाउदै सुरक्षा निकाय

ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ बरामद हुँदा सुरक्षा निकायका अधिकारी भने यस विषयमा खुलेर बोल्न चाहदैनन्। रोल्पामा ठुलो परिमाणमा हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनुभन्दा पहिले सुरक्षा निकायको माथिल्लो निकायले जानकारी पाएको थियो।

फरार अभियुक्त पक्राउ

रौतहट प्रहरीले विभिन्न अपराधका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुद्दामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नगरपालिका–२ गेडहीगुँठीका ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरी टोलीले सोमबार झाँझपुलबाट पक्राउ गरेको हो। उनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको मानिन्छ।

भारतलाई हतियार खरिद बक्यौता चुक्ता गर्न ठोस धारणा बनाइने

नेपाली सेनाले हातहतियार तथा सैन्य उपकरण खरिदबापत भारतलाई तिर्नुपर्ने बक्यौता रकमबारे ठोस निर्णय गर्ने जिम्मा तीन मन्त्रालयलाई दिने दिइने भएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औँ बैठकमा यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ। बैठकमा नेपाली सेनाले भारतसँग ६० प्रतिशत अनुदानमा ४० प्रतिशत रकम बुझाउनेगरी खरिद गरिएका हतियार र सैन्य उपकरणबापतको बक्यौता तीन अर्बभन्दा बढी रहेको जनाइएको छ।

घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ

गुल्मीमा घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना संचालन गरि अवैध रुपमा हातहतियार बनाउने गुल्मी धुर्कोट गाउँपालीका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई पक्राउ गरेको हो।

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

संखुवासभा प्रहरीले जेठ ३० गतेदेखि असार १८ सम्म बरामद गरेको हातहतियार र गोलीसहित ५ जनालाई सार्वजनिक गरेको छ।

गणेशलामालाई हातहतियार तथा खरखजना मुद्दा

हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत हातहतियार तथा खरखजना मुद्दा चलाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्