६ आश्विन २०८१ आइतबार
image/svg+xml

मेलम्ची सुरुङ असारमा फेरि परीक्षण गरिने

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ आगामी असारको पहिलो साता पानी रोकेर परीक्षण गरिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले असारको पहिलो साता पानी रोकेर सुरुङको निरीक्षण र परीक्षण गरिने बताए।

मेलम्ची सुरुङ परीक्षण गर्न दोस्रोपटक पानी

बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे। पहिलोपटक असफल भएपछि पुनः दोस्रोपटक सुरुङ परीक्षण थालिएको हो।

यसरी गरियो मेलम्ची सुरुङको दोस्रो परीक्षण (फोटोफिचर)

बहुचर्चित एवम् बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे।

मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएकाे प्रारम्भिक निष्कर्ष

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा भएको दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले गेटको नलबोल्ट कसाइमै त्रुटि भएको पाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् ।

मेलम्ची सुरुङ दुर्घटना अध्ययन गर्न टोली

खानेपानी मन्त्रालयले मेलम्ची आयोजनाको सुरुङ परीक्षणको क्रममा भएको दुर्घटनाको अध्ययन गर्न मन्त्रालयको सहसचिवको संयोजकत्वमा विज्ञसहितको प्राविधिक टोली गठन गर्ने निर्णय गरेको छ ।

मेलम्ची सुरुङमा दुर्घटना: एक्कासि गेट खुल्दा इन्जिनियरसहित दुई बेपत्ता

गेट खुलेर १० दिनको काम व्यर्थ बन्दा परीक्षण अवधि र पानी वितरण गर्ने लक्ष्य लम्बिने भएको छ। गेटको नटबोल्ट एक्कासि खुस्किँदा दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्