१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विभागीय टोली सफल

राखेप च्याम्पियनशिपअन्तर्गत २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिन पनि विभागीय टिम एपिएफ र नेपाल पुलिसका पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकालेका छन् ।

मधेसी गठबन्धन दुई गठबन्धनको मत तान्न सफल

प्रदेश नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेसी गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा ठूलो मत आफूतिर आकर्षित गर्न सफल भएको छ ।

स्थानीय टोलीलाई सफलता

सुदूर पश्चिमेली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता फारवेस्ट पशुपति कप फुटबल प्रतियोगितामा शुक्रबार स्थानीय टोलीहरु पिएफए अत्तरिया र फारवेस्ट अत्तरिया स्पोर्टस एकेडेमीले सफलता हासिल गर्दै अन्तिम आठको टिकट काटेका छन् ।

पंकज र स्वस्तिलाई ब्राजिलमा सफलता

ब्राजिलको पोर्टो एलेग्री शहरमा गत नोभेम्बर १५ देखि २० तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागी पंकज सिंह ठकुरी र स्वस्ति वैद्यले अवार्ड जितेका छन् ।

असफल नेताहरूको ‘सफल’ चुनाव

निर्वाचनको मुख्य उद्देश्य हो, असल र सक्षम जनप्रतिनिधिको छनौट हुन सकोस् । तर अहिलेसम्म पनि असफल नेताहरूकै हालिमुहाली चलेको छ । नेपालको सार्वभौमसत्ताका लागि नेपाली जनता सधैँ रगत बगाउन तयार छन् । तर निर्वाचनको नाममा देशलाई नै दाउमा राख्ने कुरा सामान्यजस्तै बनेको छ । तीन पार्टीका नेताहरू कुनै न कुनै विदेशीको सहयोगमा उप्सिएका र कुनै न कुन गुप्तचर संस्थाको निर्देशनमा आफूहरूलाई महान् नेतासरह ठानेर चौतर्फी भाषण गरिहिँडेका छन् ।

इटाली छनोट हुन असफल

इटालीका गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनका लागि उपयुक्त समय मानेका थिए, रसिया विश्वकप २०१८ । कीर्तिमानी छैटौं पटक विश्वकप खेलेसँगै खेलाडी जीवनबाट इटालीको जर्सी सदाका लागि थन्क्याउने मुडमा थिए बुफोन।

नेपाल फिलिपिन्ससँग अंक बाँड्न सफल

नेपालले मंगलबार एएफसी एसियन च्याम्पियनसिप २०१९ को छनोट खेलमा बलियो प्रतिद्वन्द्वी फिलिपिन्सलाई गोलरहित बरारबरीमा रोकेको छ।

सफलताको क्रिकेट स्वाद

क्रिकेटमा नेपालको प्रवेश निकै ढिला भएको हो । भारत, पाकिस्तान, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकको तुलनामा हाम्रा खेलाडीहरूले देखाउँदै आएको दक्षता आफैंमा अनुपम छ । त्यसमा पनि भारतजस्तो क्रिकेटको विश्वमहारथिलाई पराजित गर्न सक्नुलाई कम्तीमान्न सकिन्न । यसले आमनागरिकमा समेत खेलप्रति उत्सुकता जगाएको छ ।

‘विश्व बजारमा नेपालीको सफलता हेर्ने धोको छ’

आउँदो नोभेम्बर ३० तारिखसम्मका लागि खुला गरिएको सगुनको शेयर लगानीमा निकै आकर्षण बढेको छ। तीन साता मात्रै समय बाँकी रहँदा शेयर लगानी गर्ने र चासो राख्नेहरुको बाढी नै आएको सगुनका सहसंस्थापक कविन्द्र सिटौला बताउँछन्।

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस पटक संयमित देखिए, शब्द चयन र अभिव्यक्तिमा । १५ वर्ष अगाडिको रेडियो अन्तर्वार्तामा एमालेलाइ गतिहिन, मतिहिन, दिशाहिन र पथभ्रष्ट पार्टी भएको संग्रौलाको टिप्पणी आउँदा उसबेला केपी शर्मा ओली एमाले संसदीय पार्टीको उपनेता थिए र सोही अन्तर्वार्तामा अर्का वक्ता थिए।

नेपाली खेलाडी असफल

भियतनामको हो चि मिन शहरमा भैरहेको एसियन वुमन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पदक जित्न असफल भएकी छिन्।

टाउको जोडिएको जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया

दुई वर्षअघि टाउको जोडिएको बच्चाको सफल शल्यक्रिया गरिएको छ। जागा र कालिया दुईमध्ये जागा नाम गरेका उक्त बालकले आखाँ खोलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको मृगौलामा देखिएको समस्याका कारण दैनिक डायलासिस् गर्नुपर्ने हुन्छ।

भेरी बबर्इमा सुरूङ खन्ने मेसिनकाे परीक्षण सफल

नेपालमा पहिलो पटक सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को परीक्षण सफल भएको छ ।  ड्रिलिङ र बलाष्टिङ प्रविधिद्वारा सुरुङ खन्ने प्रचलन रहेको नेपालमा टिबिएम सफल हुने÷नहुनेमा अन्योलता थियो । एक साता अघि राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सनमा ट्रायल परीक्षण गरिएको टिबिएमले दैनिक १५–२० मिटर सुरुङ खनिरहेको आयोजनाले जनाएको  छ ।

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न सरकारमा गएको दाबी गरेका छन्।

वाम गठबन्धनलाई सफल बनाउनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएका छन् । युवा संघ नेपालले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि वाम गठबन्धन आवश्यक भएको बताए । ‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउन सक्नुपर्दछ । वाम गठबन्धन र तालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्,’उनले भने,‘ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि  सरकारको नेतृत्व एमालेले गर्नेछ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्