१० मंसिर २०८१ सोमबार
image/svg+xml

संखुवासभा : लोकतान्त्रिक गठबन्धन बलियो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभामा चुनावी चहलपहल बढ्न थालेको छ । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो जिल्लामा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ ।

क्यान्सरपीडितलाई संखुवासभा समाज हङकङको सहयोग

क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ। नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

संखुवासभामा बस र ट्रक जुध्दा पाँच घाइते

धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक बिहीबार धर्नादेवी नगरपालिकामा ठोक्किदा पाँच जना घाइते भएका छन्।

कांग्रेस संखुवासभा सभापति गोलाप्रथाद्वारा

१३ औं महाधिवेशन सम्पन्न भएको नौ महिनापछि संखुवासभा कांग्रेसको नेतृत्व टुंगो लागेको छ। गत माघमा भएको जिल्ला अधिवेशनमा सभापतिका दुवै प्रत्यासीको मन बराबर भएपछि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गोलाप्रथाद्वारा नेतृत्वको टुंगो लगाइएको हो।

संखुवासभामा खेमराजलाई अन्तिम श्रद्धाञ्जली

लोक तथा आधुनिक गायक खेमराज गुरुङको पार्थिव शरिरमा गृह जिल्ला संखुवासभाबासीले अन्तिम श्रद्धाञ्जली दिएका छन्। सदरमुकाम खाँदबारीको टुडिखेलमा भेला भएका हजारौं आफन्त र शुभचिन्तकले श्रद्धाञ्जली दिएका हुन्।

बहुदलपछि संखुवासभाले पाएन एउटै मन्त्री

प्राकृतिक तथा जैविक विविधताले सम्पन्न संखुवासभाको एउटै गुनासो छ, ‘केन्द्रमा राजनीतिक पहुँच भएन।’ हुन पनि देशमा बहुदलीय व्यवस्था लागू भएयता जिल्लाका कोही पनि मन्त्री हुन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्