८ वैशाख २०८१ शनिबार

सामूहिक आलुखेतीमा आमासमूह

अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन्।

बाँझो जमिनमा सामूहिक आलुखेती

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन्।

आलु खेतीमा आत्मनिर्भर उन्मुख व्यास

आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो। गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए।

तिलोत्तमामा सामूहिक आलुखेती गर्दै किसान

आलुको आयात प्रतिस्थापन गर्दै आन्तरिक उत्पादनबाट आत्मनिर्भर हुने उद्देश्यले तिलोत्तमा नगरपालिकामा सामूहिक आलुखेती सुरु गरिएको छ ।

आलुखेती पढ्दै जुम्ली महिला

पातारासी गाउँपालिका ५ को इन्द्रेणी आलुबाली कृषक पाठशालाका ३२ जना महिला अहिले आलुखेतीका बिषयमा अध्ययन गर्छन्। उनीहरु गाउँमै आलुखेती र आलु खेतीको महत्वका बारेमा पढ्छन्। प्रयोगात्मक अभ्यास पनि गर्छन्। यो क्षेत्र आलु खेतीका लागि निकै उपयुक्त मानिने भएकोले आलु कृषक पाठशाला स्थापना गरिएको हो।

डढुवाले आलुखेतीमा २५ प्रतिशत क्षति

एक महिना लामो शीतलहर र हिउँदे वर्षाले यसपालि कैलाली, कञ्चनपुरका किसानले लगाएको आलुखेतीमा क्षति पुगेको छ।

शिक्षक टिकाउन आलुखेती

निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्