१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसमा उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय पदाधिकारीलाई अधिकार दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटका लागि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ।

गणतन्त्रमाथि खतरा छ भने वर्तमान सरकारबाटै छः कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको बताएका छन्।

कांग्रेस बैठकः उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिएको छ।

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै नेपाली भाषा सिक्न थालेकी छन्।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

कांग्रेसले आइतबार उम्मेदवार छान्ने

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारको टुंगो आइतबार मात्र लगाउने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार पार्टी पदाधिकारीको बैठकले आइतबार मात्र उम्मेदवारको टुंगो लगाउने समझदारी गरेको हो।

पीडित परिवारलाई सहयोग गर्न घरमै पुग्दै कास्की प्रहरी

प्रहरी अधिकारी तथा कर्मचारी कुनै घटनाको अनुसन्धानका लागि पीडितको घरसम्म जानु सामान्य नै हो। तर, सहयोग तथा सान्तवना दिन गएको विरलै पाइन्छ। कास्कीमा भने प्रहरी अधिकारी सहयोग तथा सान्तवना दिन पीडित घर घरमा जाने गरेका छन्।

घुससहित समातिए नेपाल प्रहरीका सइ

प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायब निरीक्षक (सइ)लाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोेग हेटौैंडाको टोलीले बिहिबार पक्राउ गरेको छ।

उपमहानगरपालिकाको प्लाष्टिकमुक्त अभियान प्रभावहिन

नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ। अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन्।

अब माइतीघरमात्र होइन सरकारी अड्डा र जनतामा जान्छौंः मिलन पाण्डे (भिडियो)

विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले आफ्नो पार्टी जनताका एजेण्डा बोकेर अघि बढ्ने बताएका छन्।

नेपालले थाइल्याण्डसँग खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको हेलिकप्टरमा उद्धार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो।

शंखधर साख्वाको नाममा साँगा–फुलचोकी ट्रेकिङ रुट

सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ।

गुठीको नाममा भएका सामन्ती उत्पीडन सरकारलाई स्वीकार्य हुँदैनः उपप्रम पोखरेल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गुठीसम्बन्धी जनताको भावनालाई सरकारले कुण्डित नगर्ने बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कदर गर्दैन की भन्ने भ्रम नपाल्न पनि सम्बन्धित सबै निकायलाई अपिल गरे।

प्रधानमन्त्रीले भने– 'नेपाल संवत् मौलिक संवत् हाे'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। नेपाल संवत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त कामना गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्