१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।

कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

सिरियाली फौजलाई प्रत्याक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन्। आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन्।

लेबनानबाट सिरियाली शरणार्थी फर्के

लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन्। लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ।

दुर्इ लाख ७० हजार सिरियाली विस्थापित

विद्रोही नियन्त्रित सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सरकारले दुई साताअघि सुरु गरेको हमलाका कारण कम्तीमा दुई लाख ७० हजार मानिसले आफ्नो घरबार छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सिरियाली विद्रोहीद्वारा आत्मसमर्पण

सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन्।

सिरियाली विमानस्थलमा मिसाइल आक्रमण

सिरियाको सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएकाे छ। सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै मिसाइल आक्रमण भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

आइएसद्धारा ७३ सिरियाली सैनिकको हत्या

सिरियामा गएको २४ घन्टायता एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ । आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।

लेबनान र सिरियाली सीमामा सैनिक कारबाही

गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ।

ट्रम्पको निर्णयले सिरियाली राष्ट्रपतिलाई फाइदा

अमेरिकाले सिरियाका राष्ट्रपति बशर अल अशद्को शासनको विरूद्धमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

सिरियाली सेनाद्वारा ७० लडाकु मारिए

सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट(आइएस)का लडाकु मारिएका छन् ।

सिरियाली सरकारले रसायनिक हतियार प्रयोग गरेको पुष्टि

सिरियामा दुई हप्ता अगाडि भएको आक्रमणमा सरकारले नै  रसायनिक हतियारको प्रयोग गरेको अर्गनाइजेसन फर प्रोहिविशन अफ केमिकल वेपेन्सले गरेको अध्ययनले पुष्टि गरेको छ ।

सिरियाली विद्रोहीद्वारा थप आक्रमण गर्न अमेरिकालाई आग्रह

अमेरिकाले शुक्रबार सिरियामाथि गरेको मिसाइल आक्रमणको सिरियाली विद्रोहीले स्वागत गरेका छन् । उक्त आक्रमण पर्याप्त नभएको र अझै आक्रमण गर्नका लागि उनीहरुले आह्वान गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्