११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आरआर गेटमा पेट्रोल बम प्रहार, डीएसपी घाइते

स्ववियु निर्वाचनको क्रममा आरआर क्याम्पसमा अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले प्रहार गरेको पेट्रोल बमबाट डीएसपी सन्तोष तामाङ घाइते भएका छन्। सो क्रममा सशस्त्र प्रहरीको एकथान सञ्चार सेट पनि हराएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

ढिस्कोमा पुरिएर तीन घाइते

नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।

कारको ठक्करबाट दार्चुलामा एक बालिका घाइते

कारको ठक्करबाट दार्चुलामा  एक बालिका घाइते भएकी छन्  । घाइते हुनेमा मालिकर्जुन गाउपालिका वडा नं. ८ पोलविसाका पदम बोहराकी  १२ वर्षिय छोरी मनिषा बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गोली प्रहारबाट घाइते शिक्षकको मृत्यु

अज्ञात समूहले गोली हानी गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ। दुई दिन पहिले घरमै सुतिरहेका रौतहटको विश्रामपुर ८ घर भई मकवानपुरको कमला मावि डाँडाखर्कका विज्ञान शिक्षक राम एकबाल यादवलाई मंगलवार राती १ बजे झ्यालबाट अज्ञात व्यक्तिले गोली हानेको थियो।

घुर ताप्दा घाइते भएकी महिलाको मृत्यु

लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ ।

बस दुर्घटनामा चारको मृत्यु, २० घाइते

पूर्व–पश्चिम राजमार्गको मोरङको बयरवन–९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

सडकमा पशुपतिसम्शेर घाइते भएपछि आयोग पुगे कमल थापा

उपप्रधान, संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रदर्शनमा सहभागी हुन जमल पुगेका छन्। राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भए लगत्तै उनी जमल पुगेका हुन्।

जमलको झडपमा पशुपतिसम्शेर घाइते

राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भएका छन्। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो। पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा धर्ना दिन गएको जुलुसको नेतृत्व राणाले गरेका थिए।

क्युबाको सडक दुर्घटनामा ५५ घाइते

पूर्वी क्युबाको बायामो सहरको बाहिरी इलाकामा भएको एक सडक दुर्घटनामा कम्तीमा ५५ व्यक्ति घाइते भएका छन ।

दुर्घटनामा घाइते महिलाको मृत्यु

झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गुर्जुधारामा भयानक दुर्घटना, एकको मृत्यु, चार घाइते

काठमाडौं आउँदै गरेको ट्रकको ब्रेकफेल भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रबार एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्।

ज्वालामुखी विष्फोटमा परी पत्रकार सहित १० घाइते

इटालीको सिसिलीमा भएको ज्वालामुखी विष्फोटनमा परी पत्रकार सहित १० घाइते भएका छन्। घाइते हुनेमा समाचार संकलन गर्न गएका बिबिसीका पत्रकार, जर्मनी पर्यटक आदि रहेका छन् । ज्वालामुखी विष्फोटका क्रममा उत्पन्न भएको भयंकर आवाज तथा ढुङगाका टुक्राहरू उछ्छिटिएर उनीहरूको टोलीलाई लागेको र उनीहरू घाइते भएको भन्ने बिबिसीले जनाएको छ ।

ट्रकको ब्रेक फेल हुँदा चार घाइते

ट्रकको ब्रेकफेल भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रबार चारजना घाइते भएका छन्।

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्