१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मुसहर बस्ती ८० प्रतिशत निर्माण कार्य सम्पन्न, दङ्ग छन् मुसहरहरू

बर्दिवास स्थित मुसहरबस्तीमा निर्माणाधिन एकीकृत नमुना वस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  मुसहरवस्तीमा ७२ दिन अघि निर्माण कार्य शुरु भएको र रकेटको गतिमा काम अघि बढाउँदा बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको फाउण्डेसनले जनाएको छ ।

मुसहर बस्ती निर्माणका लागि धुर्मुस–सुन्तलीलाई बोष्टनबाट १३ लाख

बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि मार्च १९ मा बोस्टनमा भएको ुधुर्मुस (सुन्तली अभियान सहयोग कार्यक्रमु बाट १३ लाख नेपाली रुपैयाँ सङ्कलन भएको छ।

एकीकृत बस्ती बनाउने नायिका श्वेताकाे घाेषणा

अभिनेत्री श्वेता खड्काले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन् ।

राजविराज घटनाका प्रत्यक्षदर्शी भन्छन्: बस्ती पसेर गोली हाने

एमालेको पूर्वघोषित कार्यक्रम ‘मेची–महाकाली अभियान’ फागुन २१ शनिबार काँकडभिट्टाबाट सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले बिथोल्ने चेतावनी दिएको थियो। सोहीअनुरुप सप्तरी मोर्चाले बिहीबारेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो।

एकीकृत बस्ती निर्माणमा प्राधिकरणको जोड

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलले पुनर्निर्माणमा कार्यरत सबैलाई एकीकृत बस्ती निर्माणतर्फ लाग्न आग्रह गरेका छन्। पुनर्निर्माणको कार्य जति ढिलो गर्‍यो उति नै एकीकृत बस्ती विकासको सम्भावना टर्दै जाने हुनाले छिटोभन्दा छिटो एकीकृत बस्ती निर्माणतर्फ लाग्नुपर्ने उनको भनाइ छ। ‘एकीकृत बस्ती निर्माणका लागि प्रस्ताव ल्याउनुस्, प्राधिकरणले नै त्यस्ता स्थानमा खानेपानी, सडक र विद्युत् पुर्‍याउने जिम्मा लिन्छ’, पोखरेलले भने।

वन डढेलो नियन्त्रण बाहिर, बस्ती जोखिममा

खोटाङको उत्तरी गाविस माक्पास्थित भीर गाउँ सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। सुक्खा मौसमका बेलामा माक्पा–७ र ८ स्थित भीरगाउँ सामुदायीक वनमा शुक्रबार दिउँसो सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको हो।

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ पक्राउ

किर्ते गरी बस्ती नै आफ्नो नममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ जना भूमाफियालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लक्ष्मिनियाँ गाविस–२ विजयपुरमा रहेको ८७ घरधुरी क्षेत्रफलसहितको ४ बिघा जग्गा आफ्नो नाममा गराएको आरोपमा फतुवाहर्षाहा–४ का पूर्व गाविस अध्यक्ष सुरेन्द्र यादव र नवलकिशोर राय यादवललाई प्रहरीले पक्राउ गरेको जिप्रका रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छिन्।

लाप्राकमा ५७३ घरको एनअारएन एकीकृत बस्ती निर्माणाधीन (भिडियो)

महाभूकम्पको झन्डै २१ महिनापछि यतिबेला उत्तरी गोरखाको लाप्राकमा जग्गा सम्याउन डोजर चलिरहेका छन्। इँटा उत्पादनको तयारी भइरहेको छ।

धुर्मुस—सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

सरकारले बस्ती बसायो, लालपुर्जा दिएन

पर्सा सुवर्णपुर गाविसका १ हजार ३ सयभन्दा बढी परिवारसँग जग्गाको लालपुर्जा छैन। ५२ वर्षअघि सरकारले उनीहरूलाई चितवनबाट सारेर सुवर्णपुरमा बसोबास गराएको थियो। ती परिवारका तेस्रो पुस्ताले अहिले लालपुर्जाका लागि संघर्ष गर्दैछन् ।

सिंगो बस्ती व्यक्तिलाई नामसारी

सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिका नाममा नामसारी गराएका छन्। वर्षौंदेखि उपभोग गरिरहेको घरघडेरी खाली गर्नुपर्‍यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्क्याउन थालेपछि सिंगै गाउँ त्रस्त छ।

नमुना मुसहर बस्तीकाे जग हाल्न शुरू

हास्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल गरेका छन् ।

धुर्मुस–सुन्तलीद्वारा मुसहर बस्तीको शिलान्यास, वैशाख १ मा हस्तान्तरण गरिने

धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ। फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो।

पिलाछेँ नमुना बस्ती बनाउन स्थानीय सक्रिय

आफ्नो बस्तीलाई सक्दो चाँडो पुनर्निर्माण गरी नमुना बस्तीको रुपमा चिनाउन यतिखेर पिलाछेँवासी तनमनका साथ जुटेका छन्। उनीहरु बिहानदेखि बेलुकीसम्म काममा जुट्छन्। अघिल्लो वर्ष भूकम्पले क्षति पुर्‍याएको पिलाछेँलाई पुनर्निर्माणपछि नमुनाबस्ती बनाउन हातेमालो गरेको स्थानीयको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्