६ आश्विन २०८१ आइतबार
image/svg+xml

भरतपुर महानगरपालिकाले क्रिकेट मैदान बनाउन धुर्मुस–सुन्तलीलाई जग्गा दिने

भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ।

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढाएपछि सर्वत्र विरोध

भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ। कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो।

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।

भरतपुरको सभामा शोकाकुल दाहाल परिवार

आइतबार बिहान मात्रै पुत्र बियोगमा परेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा सपरिवार सहभागि भए । तर सभामा दाहालले सम्बोधन गरेनन्। उनको शोक अनुहारमा प्रष्टै झल्कन्थ्यो । दाहाल पत्नि सीता दाहाल त बेला बेलामा भक्कानिएकी थिइन्।

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ।

भरतपुर महानगर कार्यपालिकामा काँग्रेस–माओवादी गठबन्धन एमालेसँग पराजित

भरतपुर महानगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिका निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनलाई धक्का लागेको छ। कार्यपालिकाका आठ सदस्यका लागि भएको निर्वाचनमा एमालेका छ जना विजयी भएका छन्। काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसका दुईजना उम्मेद्वार मात्रै निर्वाचित भए। यो जितसँगै भरतपुर कार्यपालिकामा एमालेको बहुमत कायम भएको छ।

भुइँँमा उपचार गराउन बाध्य छन् भरतपुरका सुत्केरी

भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन्।

बुद्ध एयरको भरतपुर–पोखरा उडान भदौ ३० देखि

काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो।

भरतपुरमा हर्न बजाउने १७२ जना कारबाहीमा

शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

भरतपुर-नारायणगढ क्षेत्रमा पनि हर्न बजाउन निषेध

चितवनको भरतपुर नारायणगढ क्षेत्रमा पनि आज बिहीबारबाट हर्न बजाउन निषेध हुने भएको छ। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार हर्न बजाएको भेटिए कारबाही हुने छ। सुरुवातमा सम्झाइ बुझाइ गर्दै जाने योजना रहेको पनि प्रहरी निरीक्षक पन्तले बताए।

भरतपुरको निर्वाचन सेरोफेरो

प्रधानमन्त्री तथा सत्ता गठबन्धनको एउटा घटकका प्रमुखकी छोरीलाई जसरी पनि जिताउनुपर्छ भन्ने सर्वसत्तावादी सोचबाट डोरिएर उनका कार्यकर्ताले जसरी मतपत्र च्याते र त्यस दलका नेताले च्यात्ने तिनै हुल्याहालाई साथ दिए, त्यो घटना बामे सर्दै गरेको हाम्रो लोकतन्त्रले ओढेको सेतो मजेत्रोमा लागेको कहिल्यै नमेटिने गाढा कालो दाग बनेको छ।

डा.केसीको समर्थनमा भरतपुरमा रिले अनशन सुरु

मेडिकल शिक्षामा सुधारमा माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको समर्थनमा बुधबारबाट भरतपुरमा रिले अनशन सुरु भएको छ। डा.केसीले साउन नौ गतेदेखि अनशन सुरु गरेका हुन्। उनले अनशन सुरु गरेको यो एघारौं पटक हो। स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग पुरा गर्ने बारेमा ध्यान नदिएको भन्दै भरतपुरमा रिलो अनशन सुरु भएको हो।

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल २ सय ३ मतान्तरले विजयी भएकी छन्। दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्