५ आश्विन २०८१ शनिबार
image/svg+xml

आधा बजेट महानगरकेन्द्रित

सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनले हाल कार्यान्वयन गरिरहेको आयोजनामध्ये आधाजसो भरतपुर महानगरपालिका केन्द्रित भेटिएको छ।

महानगरमा डेंगीको जोखिम बढ्दै

भरतपुर महानगरमा डेंगीको संक्रमण संख्या बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा ६ हजार ९३ जना बिरामीले डेंगी परीक्षण गराएका छन्। जसमध्ये १ हजार ८ सय ५७ जनामा डेंगी संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।

विस्तारका लागि आर्मी ब्यारेक सारिने

भरतपुर विमानस्थल विस्तारका लागि विमानस्थल आडैमा रहेको नेपाली सेनाको कालिबहादुर गण र घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। विमानस्थलको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले विस्तार र स्तरोन्नति गर्नुपरेको भरतपुर नगरपालिकाले जनाएको छ। चौबिसकोठीबाट पश्चिम जानेबाटो विमानस्थल र सेनाको गणको बीचमा रहेको छ।

रात्रीकालीन उडान सञ्चालन गरिने

भरतपुर विमानस्थल विस्तार र स्तरोन्नति गरी रात्रीकालीन उडान सञ्चालन गर्ने तयारी अगाडि बढाइने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र संस्कृति, पर्यटन तथा नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल विस्तार र सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन्।

लालपुर्जा छ, जग्गा छैन

६४ वर्षअघि छुट्याइएको जग्गा टुक्राटुक्रा पारी अरुलाई बाँडेपछि अहिले भरतपुर अस्पतालसँग आफ्नै गुरुयोजना कार्यान्वयन गर्न जग्गा अभाव भएको छ।

पर्यटन प्रबर्द्धनमा भरतपुर महानगरको नौलो प्रयोग !

भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको छ।

सौन्दर्य बिगार्नेलाई कारबाही

भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्य बिगार्नेलाई कारबाही गर्न थालेको छ। महानगरको सौन्दर्य बिगार्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने÷गराउनेलाई आर्थिक ऐन २०७६ मा जरिवानासहित कारबाही गर्ने व्यवस्था महानगरले गरेको हो। सोही व्यवस्थाअनुसार कारबाही गर्न थालिएको महानगर राजस्व शाखाप्रमुख सिर्जन थपलियाले जानकारी दिइन्। उनका अनुसार महानगरले फोहोरमैला र प्लास्टिकजन्य पदार्थ बालेको कसुरमा मालपोत कार्यालय, चितवनमा रहेको क्यान्टिन, पूजासामान, फलफूल तथा जुस पसलेलाई ५/५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ।

भरतपुरमा हरियाली प्रवर्द्धन कार्यक्रम

भरतपुर महानगरपालिकालाई हरियाली नगर बनाउन निर्वाचन क्षेत्र २ (ख) मा सरसफाइ र हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत स्रोत केन्द्र, सहरी बायोग्यास प्लान्ट, पानी शुद्धीकरण, वृक्षरोपण र फोहोर व्यवस्थापन कार्यक्रमको बुधवार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरेका हुन्।

महानगरका सिसी क्यामेरा हात्तीको देखाउने दाँतजस्तै

चितवन भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको सडक क्षेत्रलाई समेट्ने गरी राखिएका सबै क्यामेरा बिग्रिएका छन्। सिसी क्यामेरा बिग्रिँदा अपराध अनुसन्धानमा समस्या उत्पन्न भएको छ।

भरतपुरमा मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

स्थानीय तहको निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मत गणनामा मतपत्र च्यात्ने दुबै जनालाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ। चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्धाका दुई आरोपीलाई दोषी ठहर गरेको थियो।

कारागारमा गलैंचा बुन्दै कैदी

२२ वर्षीय प्रदीप प्रजा भरतपुर कारागार पुगेको साढे दुई वर्ष भयो। उनले आठ वर्ष कारागार बस्नुपर्ने सजाय पाएका छन्। कारागारमा दुई वर्ष त्यत्तिकै बिताएका उनी अहिले कामकाजी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्