५ आश्विन २०८१ शनिबार
image/svg+xml

पटिहानीमा पर्यटक प्रहरी

भरतपुर महानगरपालिका–२२ पटिहानीमा पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको कमान्डमा सात प्रहरीको दरबन्दी रहने गरी शनिबार सो कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि नेपाल सरकारले छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा पटिहानी पनि परेको छ।

टिकौलीको ढाट हटाउन माग

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा राखिएको ढाट हटाउन माग गरिएको छ। रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघद्वारा चितवनको बरन्डाभार जैविक मार्गमा भरतपुरतर्फ राखिएको ढाट हटाउन माग गरिएको हो। बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतलाई ध्यानाकर्षण गराउँदैे ढाट हटाउन माग गरिएको चार बुँदे पत्र बुझाइएको छ।

हावाहुरीका कारण प्रतिस्पर्धा बीचमै स्थगित

नारायणगढको क्याम्पाचौरमा जारी सिएमएस भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल हावाहुरीका कारण बीचमा नै स्थगित भएको छ। आइतबार भएको झापा–११ र च्यासल युथ क्लब बीचको दोस्रो क्वार्टरफाइनल प्रतिस्पर्धा दोस्रो हाफपछि स्थगित भएको हो।

पुलिस स्तब्ध

नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपमा च्यासल युथ क्लबसँग नेपाल पुलिस क्लब पराजित भएको छ। बिहीबार भएको प्रतिस्पर्धामा २–१ को गोल अन्तरले च्यासल क्बल विजयी भएको हो।

भरतपुरमा अनलाइनबाटै खानेपानी महसुल

भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पानीको महसुल बुझाउने व्यवस्था गरेको छ। यही वैशाख १५ गतेदेखि नै ई–सेवामार्फत महसुल तिर्न सकिने सुविधा सुरु गरिएको बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएका हुन्।

चितवनको जितमा बोबो नायक

पेड्गा बोबोको ह्याट्रिकमा नुवाकोट ११ लाई ४–० ले परजित गर्दै चितवन ११ बिहीबार नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपको अघिल्लो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिएको घरेलु टोली चितवन ११ बिहीबार बलियो देखियो।

जग्गा लिजमा पूर्वाधार बनाउन समस्या

भरतपुर अस्पतालका नाममा ३० बिघा ११ कट्ठा ६ धुर जग्गा भए पनि आवश्यक पूर्वाधार निर्माणका लागि अस्पताललाई जग्गा अभाव बेहोर्नुपरेको छ। अस्पतालले उपभोग गर्ने जग्गा जम्मा ११ बिघा मात्र रहेको मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए। अस्पतालका नाममा रहेको बाँकी जमिन विभिन्न संस्थाले प्रयोग गर्दै आइरहेका उनको भनाइ छ। सबैभन्दा बढी करिब सात बिघा कलेज अफ मेडिकल साइन्सेस (भरतपुर मेडिकल कलेज) को प्रयोगमा छ। सन् १९९४ मा सो जग्गा ४९ वर्षका लागि मेडिकल कलेजलाई भाडामा दिने सम्झौता गरिएको हो। अत्यन्त न्यून भाडादरमा जग्गा उपभोग गर्न दिइएको पौडेलले जानकारी दिए।

निर्मलाको त्यो तस्बिर

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दश महिना पुग्न लाग्यो। गएको साउन महिना भएको घटनापछि दोषीलाई कारबाही र न्यायको माग राख्दै देशैभर विरोध कार्यक्रमहरू भए।

हाकिमचोकमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन्।

पहिचान मेडिकल सिटी

चितवनको प्रमुख सहर भरतपुर मेडिकल सिटी बन्न अग्रसर ठाउँ हो । यसलाई मेडिकल सिटी बनाउने सम्भावनाबारे छलफल र बहस हुन थालेको दशक नाघिसक्यो । चितवनमा बसोबास सुरु भएसँगै अस्पताल स्थापनाको अवधारणा आएको थियो । यहाँको पहिलो सरकारी अस्पताल ‘भरतपुर अस्पताल’ २०१२ सालमा डिस्पेन्सरीको रुपमा स्थापना भएको थियो । १५ बेडबाट सुरु भएको उक्त अस्पतालले अहिले ६ सय बेडबाट सेवा दिइरहेको छ ।

भरतपुर मर्करीमुक्त घोषित देशकै पहिलो स्थानीय तह

भरतपुर महानगरपालिकालाई मंगलबारदेखि मर्करी (पारो)मुक्त महानगर घोषणा गरिएको छ। महानगरपालिकामा रहेका स्वास्थ्य संस्था तथा डेन्टल क्लिनिकमा मर्करीको प्रयोग हटाएर महानगरपालिकालाई मर्करीमुक्त महानगर घोषणा गरिएको हो।

वडा कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट, ६ पक्राउ

भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको वडा कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो।

मन्त्री अधिकारीको सपना पूरा गर्ने रेणु दाहालको घोषणा

पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ६ पटक टेलिफोन गरे। मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने। तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको निधन भयो। मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउँछिन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्