५ आश्विन २०८१ शनिबार
image/svg+xml

एनसिसीप्रति विद्यार्थीको आकर्षण

भरतपुर महानगरपालिका–५, आनन्दपुरकी १६ वर्षीया श्रेया सापकोटा कक्षा १० मा पढ्छिन्। तर उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन। उनी राष्ट्रिय सेवा दल (एनसिसी) की सदस्य भनेर पनि चिनिन्छिन्। ब्याच नम्बर ४४ को उनी कम्पनी जुनियर अन्डर अफिसर हुन्।

पहिलो चरणमा दुई किलोमिटर कालोपत्रे गरिने

लेनको भरतपुरको आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको बाइपास सडक विस्तारको काम सुरु गरिएको छ। उक्त सडकखण्डलाई चार बनाउन विस्तारको काम सुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डलाई जोड्ने बाइपास सडकको लम्बाई ४.४९ किमि रहेको छ।

रेणु दाहालले काममा समन्वय गर्नुभएन : उपप्रमुख शाह

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुख रेणु दाहालले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन्।

कृत्रिम हातखुट्टाले दिएको खुसी

पहिलो पटक दाहिने हातले लेख्न पाउँदा १९ वर्षीय कमल पौडेल निकै हर्षित भए। भरतपुर महानगरपालिका वडा नम्बर ११ को पोखरी टोलका उनी आफ्ना सबै काम गर्न देब्रे हातमा निर्भर थिए। डेढ वर्षको उमेरमा भ-याङबाट लडेर घाइते भएका उनको दाहिने हातमा चोट लागेको थियो।

भरतपुरमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सालन

भरतपुर महानगरपालिकामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ। महानगरपालिकाको वडा नम्बर ९ को शिवालय मार्गमा स्थापना गरिएको स्वास्थ्य केन्द्र मंगलबार मेयर रेणु दाहालले उद्घाटन गरेकी छन्।

भरतपुरमा पाँच आयोजनाको शिलान्यास

भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको पाँच आयोजनाको बिहीबार संयुक्त रुपमा शिलान्यास गरिएको छ। करिब ५६ करोड रुपैयाँ लागतमा महानगरपालिकाको विभिन्न स्थानमा पाँचवटा आयोजना निर्माण कार्य सुरु गरिएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

भूकम्पपछि थलिएका विभिन्न बस्ती पुनः निर्माण गर्दै चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा, दुई वर्षभित्र निर्माण सम्पन्न हुने

धुर्मुस सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ। बुधवार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक औपचारिक कार्यक्रममा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ।

चितवनमा कृषि प्रदर्शनी आयोजना गरिने

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा तेस्रो कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो। यसअघिका वर्षमा कृषि प्रदर्शनी काठमाडौं आयोजना गरिँदै आएको थियो।

बजेट अभावले समस्या

भरतपुर अस्पताल सञ्चालनका लागि यस वर्ष अस्पतालले बजेट पाएको छैन। अस्पताल सञ्चालनका लागि केन्द्रीय सरकारसँग ४० करोड रुपैयाँ माग गरे पनि बजेट नआउँदा समस्या भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल बताउँछन्।

बस्तीमै गैंडाको वास

नारायणी नदीसँग जोडिएको भरतपुर महानगरपालिका क्षेत्रमा सामुदायिक वन छन्। वृक्षरोपण र संरक्षणले वनक्षेत्र मौलाएको छ। यस क्षेत्रमा मझुवा, ज्ञानेश्वर, सेतीदेवी, सिद्धिगणेश र नारायणी सामुदायिक वन छन्।

भरतपुरमा गणेशधाम बनाउने तयारी

भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेश धामका रूपमा विकास गर्ने तयारी थालिएको छ । गणेशस्थान संरक्षण सम्वद्र्धन समितिले मन्दिर क्षेत्रलाई धाम बनाउने तयारी थालेको हो ।

दसैंलगत्तै सिटी हल शिलान्यास हुन्छः रेणु दाहाल

भरतपुरमा सिटी हल बनाउन महानगरपालिका कार्यालयले अघिल्लो वर्ष नै बजेट विनियोजन गरिसकेको छ । तर अहिलेसम्म सिटी हल बनाउने स्थानको टुंगो लाग्न सकेको छैन । महानगरपालिकाले दुईपटक स्थान छनोट गरी निर्णय गरेको भए पनि दुवै स्थानप्रति दलगत विरोध आएको हो।

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई

भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन हुने व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवनले पाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्