५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दुई पुरुष मृतावस्थामा फेला

चितवन - छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत फेला परेका छन्। भरतपुर महानगरपालिका–१५ फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन्।

भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिड्ने तिवारीको अपराह्न ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। यस्तै आइतबार अपराह्न कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०÷३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन्।

उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ। चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।रासस

प्रकाशित: २ असार २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App