२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सवारी साधनका पार्टपुर्जा बिग्रन थाले

कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेजमा भएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्