२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘कमाउ अड्डा’ का कर्मचारी सरुवा रोक्न दबाब दिँदै

कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक रोजगार, श्रम, मालपोतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले सरुवा रोक्न दबाब दिएका छन्।

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै अधिकृतको कक्षमा ताला

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमति विपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन् ।

कर्मचारी सरुवामा ट्रेड युनियनको विरोध

स्थानीय तहमा कर्मचारी पठाइएकोप्रति पार्टीगत निजामती कर्मचारीको टे«ड युनियनले विरोध गरेका छन् । नयाँ संरचनामा बनेका स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला निर्वाचन आचारसंहिता देखाउँदै टे«ड युनियनले विरोध गरेका हुन् ।

कर्मचारी सरुवा प्रक्रिया नरोकिने

सरकारले निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रियालाई नरोक्ने जनाएको छ। अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए।

एक आर्थिक वर्षभर कर्मचारी सरुवा नहुने

काठमाडौँ– सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी आवभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्