coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।

सर्लाही पुलिसद्वारा छ बिघाको गाँजाखेती नष्ट

ठूलो क्षेत्रफलमा भारी मात्रामा गाँजाखेती गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खेतीस्थलमा पुगेर नष्ट गरेको सर्लाही प्रहरीले जनाएको छ।

१६ बिघामा लगाइएको गाँजाखेती नष्ट

नारायणखोलामा किसानले लगाएको करिब १६ बिघाको अवैध लागुऔषध गाँजाखेती नष्ट गरिएको छ। लालबन्दी नगरपालिका–१४ मा पर्ने जिल्लाकै दुर्गम भेग नारायणखोलामा व्यावसायिकरुपमा ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरसहितको टोली सो गाँजाखेती नष्ट गरेको हो।

‘गाँजाखेतीलाई वैधानिक बनाएर कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको सुरूवात गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेशमार्फत टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। साथै उनले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको समेत सुरूवात गर्नुपर्ने बताएका छन्।

गाँजाखेती नेपालीको प्रमुख आयस्रोत र क्यान्सरको औषधि

नेपालमा २०३३ सालदेखि गाँजा, भाङ, चरेसको खेती र कारोबारमाथि प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि गर्न दिइएन । अधिकांश नेपालीको आयआर्जनको स्रोत मासियो ।

गाँजाखेती कति सहज ?

नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो।

घरको कौसीमै गाँजाखेती

ललितपुरको प्रयागपोखरीस्थित पाँचतले घरको कौसीर छतभरि गाँजाका बोट हुर्किएको पत्तो पाएपछि कात्तिकको पहिलो साता प्रहरी घरभित्रै पसेर छापा मा¥योर गाँजा फाँड्यो। लगत्तै २२ केजी गाँजासहित घरधनी भूषणकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ ग-यो।

पाँच सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट

स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ।

मकै बारीमा गाँजाखेती

ललितपुर-ललितपुरको चापाखर्क क्षेत्रमा मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्