२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एनबिआइ र माछापुच्छ्रे बैंकबीच विस्तृत तालिम गर्ने सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

कैलाश विकास बैंकको शाखा लमहीमा

कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४० औँ शाखा दाङको लमहीमा खोलको छ । २०७४ कार्तिक २७ गतेदेखि कैलाश बैंकले दाङमा शाखा कार्यालय मार्फत सेवा दिन थालेको हो।

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि राख्ने कि ५८ वर्षे उमेर हद भन्ने विषयले विवाद लिइरहेका बेला लोक सेवा आयोगले कर्मचारीको सेवा अवधि यथावत राख्न निर्देशन दिएको छ ।

एनआईसी एशिया बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ।

अनिल शाह सेञ्चुरी बैंकको सिइओ नियुक्त

सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ। कार्तिक १६ को बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो।

बैंकहरूले बढाए  नाफा

चालु अर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो।

अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

हलो देखि हाइड्रोसम्म नारा दिने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी बैंकमा जाने भएका छन्।दुई पटक भन्दा बढी प्रमुख कार्यकारी हुन नपाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) र संघसंस्थासँग भएको सहमति अनुसार मेघा बैंकमा शाहको सेवा अवधि सकिन लागेको हो ।

शाहलाई लक्ष्मी बैंक ओपनको उपाधि

विकास शाहले शनिबार गोकर्ण गल्फ क्लबमा ३८ स्कोर गर्दै काउन्ट ब्याकमा लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

बैंकबाट झिकेको पैसाको बन्डलमा नक्कली नोट भेटियो

भक्तपुरमा एक हजार रुपैयाँको एउटा नक्कली नोट फेला परेको छ। नेपाल बैंक लिमिटेड कमलविनायक भक्तपुरबाट दिएको रकमको बण्डलको बीचमा एउटा नक्कली नोट भेटिएको हो।

एक वर्षमा बैंकहरुको लगानी ३२४ अर्ब

लगानीयोग्य पुँजीको अभाव हुँदाहुँदै पनि बैंकहरुले एक वर्षमा तीन खर्ब २४ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक वर्ष ०७३/७४ को भदौसम्ममा १४ खर्ब ३९ अर्ब लगानी गरेका बैंकहरुले चालु आर्थिक वर्ष ०७४/७५ को सोही अवधिसम्ममा १७ खर्ब ६३ अर्ब लगानी गरेका छन् ।

बैंककाे ढाेकाबाट नाैं लाख लुटियाे

हार्डवेयर पसल संञ्चालन गर्नका लागि बैंकबाट निकालिएको नौ लाख ५० हजार मंगलबार दिउँसाे लुटिएको छ । राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल संञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाट लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राष्ट्र बैंकले नमान्दा कार्यान्वयन अनिश्चित

सरकारले भूकम्प पीडितका लागि उपलब्ध गराउने भनेको सामूहिक जमानीमा निब्र्याजी ऋण अनिश्चित बनेको छ । नेपाल राष्ट्र बैंकले कार्यविधि कार्यान्वयन गर्न नमानेपछि यस्तो अनिश्चितता देखिएको हो ।

विश्व बैंकले ६ अर्ब ऋण दिने

विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब ६ अर्ब ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो ।

चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्