२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको र यस विषयमा सुझाव लिन फाइल लोकसेवा आयोगमा पठाएको छ ।

खिम्ती-२ मा १० बैंकको साढे ६ अर्ब लगानी

सानिमा बैंकको अगुवाइमा १० वाणिज्य बैंकले ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्यु आयोजनामा ६ अर्ब ४८ करोड ४० लाख लगानी गर्ने भएका छन् । उक्त आयोजना र लगानी गर्ने बैंकबीच आइतबार सम्झौता भएको छ ।

सेवा अवधि विवादको भुमरीमा केन्द्रीय बैंक

मुलुकको केन्द्रीय बैंकभित्र कर्मचारीको सेवा अवधि कति राख्ने भन्ने विवाद सुरु भएको तीन महिना नाघेको छ । नयाँ कर्मचारीले सेवा अवधि ३० वर्ष मात्र हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन् भने पुराना कर्मचारीको अडान ५८ वर्षमा अवकाश दिनुपर्छ भन्ने छ।

मेगा बैंकले जारी गर्‍यो ६५ प्रतिशत हकप्रद सेयर

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए।

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी

भोटेकोसी गाउँपालिकामा चुनाव जितेपछि अन्य उम्मेदवार खुसी थिए तर अध्यक्षमा विजयी राजकुमार पौडेल त्यत्ति खुसी थिएनन् किनकि उनलाई व्यवसाय बिग्रने चिन्ता थियो । उनी समकक्षी व्यापारीसँग गुनासो गर्थे, ‘चुनाव त जितियो, तर व्यवसाय चौपट हुने भयो ।’

शेयरमा लगानी गर्न ऋण दिँदै बैंक

शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ। त्यसो हो भने अब चिन्ता नगर्नुपर्ने भएको छ।

६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर: गभर्नर

नेपालका ६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बताएका छन्। उनले बैंक तथा वित्तिय संस्था कर्जा लगानी गर्न आतुर रहेकोले रकमको अभाव व्यापार व्यवसाय गर्न समस्या भयो भन्ने अवस्था नरहेको बताएका हुन्।

८९ विकास बैंक ३८ मा झरे

वित्तीय बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि विकास बैंकले मर्जर वा एक्विजिसनको सुरक्षित बाटो अपनाएका छन् । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड रुपैयाँ पु¥याउन दिएको निर्देशन पालना गर्न नसकेर पनि विकास बैंकहरु यो बाटो लागेका हुन् ।

अब विकास बैंकबाट पनि एलसी

विकास बैंकहरुले लामो समयदेखि गर्दै आएको एलसी खोल्न पाउनुपर्ने माग पूरा भएको छ । केन्द्रीय बैंकले सोको लागि बाटो खुला गरिदिएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो कदमसँगै राष्ट्रिय स्तरका एक दर्जन (१२ वटा) विकास बैंकबाट एलसी (प्रतितपत्र) खोल्न पाइने भएको छ ।

बैंकहरुको एक खर्ब ५१ अर्ब अटोलोन

बैंक तथा वित्तीय संस्थाले सवारी साधानमा एक खर्ब ५० अर्ब ७३ करोड ऋण प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठ महिनासम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले उक्त रकम सवारी साधनमा ऋण (अटोलोन) प्रवाह गरेका हुन्।

किष्ट बैंक ठगीमा फरार पक्राउ

तत्कालीन किष्ट बैंक ठगीमा दोषी ठहर भई फरार रहेकी देवकी वस्ताकोटी पक्राउ परेकी छिन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई टंकीसिनवरी बाँसबारी, मोरङबाट पक्राउ गरेको हो।

किस्ट बैंकको १२ करोड डुबाउने पक्राउ

बैंकिङ् कसूर मुद्दामा पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेका जम्को प्रकाशन अनामनगरका सञ्चालक देवकी बस्ताकोटीलाई मोरङको टंकीसिनवरीबाट प्रहरीले पक्राउ गरेको छ। बैंक ठगी प्रकरणमा अदालतले २०७३ जेठ १३ गते फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको थियो।

बैंकिङ कसूरका अभियुक्त पक्राउ

नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने÷दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पु¥याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भूकम्प पीडितका लागि राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्