२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान गर्ने

ह्याकिङ भएका बैंकका एटिएम प्रणालीको विस्तृत स्थिति पत्ता लगाउन विदेशी ‘फरेन्सिक’ टोलीले बिहीबारबाट अनुसन्धान थाल्ने भएको छ। चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी गत शनिबार राजधानीका विभिन्न एटिएम बुथबाट पैसा चोरेका थिए।

एटीएम ह्याक प्रकरणः ह्याकरले प्रयाेग गरेका 'हिट एण्ड रन'को त्याे सूत्र

बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटीएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो। यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो।

ह्याकर हमला

आधुनिक आर्थिक कारोबारमा सबैभन्दा सुरक्षित विधि बैंकिङ प्रणाली मानिन्छ। त्यही भएर पुराना साहुकारका ठाउँ बैंकले लिएका छन्। बैंकले निक्षेपलाई सुरक्षित राखिदिने मात्र होइन, अचेल यी जीवनको अभिन्न अंग बनेका छन्। तिनले आवश्यकताअनुसार दैनिक कारोबारमा व्यक्तिलाई सहयोग पु¥याउँछन्। आफ्नो सम्पत्तिसमेत बैंकमै राख्न सकिने व्यवस्था छ।

एटीएम ह्याकरमाथि बैंकिङ कसूर मुद्दा, थप मुद्दाबारे अनुसन्धान हुँदै

एटीएमबाट पैसा चोरेका चिनियाँ नागरिकमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक र चिनियाँ मूलकै फ्रेन्च नागरिकलाई विमान स्थलबाट पक्राउ गरेर बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको हो।

ह्याकरहरुको पैसा साट्ने मनी एक्सचेन्जका तीन पक्राउः २९ लाख साटेको फेला

ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको बोगटीले बताए।

एटीएम ह्याक प्रकरण : गिरहाेकाे थप एक सदस्य पक्राउ, ५८ सय डलर बरामद

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेर चिनियाँ नागरिकहरु परेका प्रकरणमा थप एक जना पकाउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले हिजाे मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि थप चिनियाँ मुलका फ्रेन्च नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

'चीनमै बनेको थियो एटीएम ह्याक गर्ने प्लान'

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले चीनम एटीएमा सिस्टम ह्याक गर्ने योजना बनाएको खुलासा भएको छ।

तीन दिन अघि आएका थिए चिनियाँ ह्याकर

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले सिस्टम नै ह्याक गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि सिस्टम नै ह्याक गरेको अनुसन्धानबाट खुेलेको छ।

चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेपछि अन्तर बैंक एटीएम कारोबार बन्द

सिस्टम ह्याक गरेरकाठमाडाैँ - चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ

फेसबुक प्रयोकर्तामध्ये ३ करोडका विवरण चोरिए

विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।

ह्याकिङबाट बच्ने उपाय सिकाउने तालिम आज

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले आयोजना गरेको साइबर सुरक्षा र सिस्टम ह्याकिङ सम्बन्धी सम्मेलन बिहीबार (आज) हुँदैछ । उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी गरी एक सय ८० जना विज्ञ सहभागी हुने छन् ।

एचबिओका सामाजिक सन्जाल अकाउन्ट ह्याक

अमेरिकी केबल तथा स्याटेलाइट च्यानल होम बक्स अफिस (एचबिओ) का सामाजिक सन्जाल अकाउन्टहरु ह्याक भएका छन्। आवर माइन नाम गरेको ह्याकर समूहले एचबिओका फेसबुक तथा ट्विटर अकाउन्ट ह्याक गरेको हो।

गेम अफ थ्रोन्स ह्याकरद्वारा फिरौती माग

मनोरञ्जन कम्पनी 'एचबिओ'बाट 'गेम अफ थ्रोन्स'को स्त्रि्कप्ट र डाटा चुहावट गरेका ह्याकरहरुले फिरौती रकम माग गर्दै एक विज्ञप्ति निकालेका छन्। गत साता प्रसारण हुनुभन्दा अगाडि नै विश्व प्रख्यात शृंखला गेम अफ थ्रोन्सको एउटा एपिसोड इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो।

चलचित्र चुहावट गरिदिने ह्याकरको चेतावनी

आफ्नो आउन लागेको एउटा चलचित्रका लागि फिरौती नतिरे अनलाइनमार्फत् सार्वजनिक गरिदिने ह्याकरले चेतावनी दिएको फिल्म स्टुडियो डिस्नीले बताएको छ ।

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्