२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिप उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषद्मा राखेप च्याम्पियनसिपको उदघाटन गरेकी छिन् ।

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।

नाम रहस्य उद्घाटन

जेसिस माध्यमिक विद्यालय, इन्द्रायणी पीठ, खौमाटोल, भक्तपुर–१५ । आठ कक्षाका शिक्षार्थी भाइबहिनीसित कक्षामा रमाइरहेथेँ । नामको अर्थ खोतल्ने सन्दर्भ गाँस्दै थिएँ । नाम सोध्दै अर्थ लगाइरहेथेँ । अचेल अर्थविनाका नाम राख्ने प्रचलन बढ्दै गरेको पाएँ । नामको अर्थ आफैँलाई नखुलेको भेटाएँ । प्रत्येक हामीले आफ्नो नामको अर्थ जानिराख्नुपर्ने विचार पोख्दै थिएँ । एकले जिज्ञासा राखे, ‘तपाईंको नामको अर्थ के हो ?’

महरा राष्ट्रसंघ महासभाको उद्घाटनमा सहभागी

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्रसंघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’ का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।

उद्घाटनको तयारीमा रहेको पेट्रोल पम्पमा पहिरो

म्याङलुङ  नगरपालिका १० स्थित गढी जंगल नजिकै रहेको साब्लामा निर्माणधिन पेट्रोल पम्पलाई पहिरोले क्षति पुर्‍याएको छ । लगातारको वर्षाले पेटोलपम्प नजिकै पहिरो जाँदा करिब ११ लाख बढीको क्षति भएको हो ।

राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

मधेसकेन्द्रित विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आजदेखि सञ्चालनमा आएको छ। नयाँ कार्यालय बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा छ।

प्राइम केन्द्रीय कार्यालय उद्घाटन

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीबि नेपालले कमलपोखरीस्थित प्राइम कमर्सियल बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । साथै विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्तिपछिको एकीकृत कारोबार समेत सुरु भएको बैंकले जनाएको छ ।

घरजग्गा मेला–२०७३ शुरू, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘छैटौँ घरजग्गा मेला–२०७३’ को आज भृकुटीमण्डपमा एक समारोहबीच उद्घाटन गरे।

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ देशका एकहजार २४ सेना सम्मिलित संयुक्त सैन्य अभ्यासको सोमबार शुभारम्भ गरेका छन। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बिशेष समारोह आयोजना गरि अभ्यासको सुरुवात भएको हो।

प्रधानमन्त्री दाहालद्वारा व्यापार मेलाको उद्घाटन

प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको विहीबार उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए ।

मैदान उद्घाटनमा मैत्रीपूर्ण खेल

सर्लाहीको बुद्धि विकास खेलमैदानको उद्घाटनमा संकटा र एपिएफ क्लबले  मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। मैत्रीपूर्ण खेल फागुन ७ गते हुनेछ। सर्लाही बरहथवा नगपालिका–११ हीरापुरमा रहेको बुद्धि विकास मैदान १७ बिघा क्षेत्रफलमा रहेको सर्लाहीका सभासद् एवं सिएमजी क्लबका प्रबन्ध निर्देशक नरेन्द्र साहले बताए।

जलविद्युतकाे उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– 'वैशाखभित्रै चुनाव हुन्छ'

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।

प्रधानमन्त्री दुई दिन चितवनमा, उद्घाटनका चार कार्यक्रममा व्यस्त

उद्घाटन शिलान्यास जस्ता रिबन काट्ने काममा व्यस्त नहुने बताउँदै आएका प्रधानमन्त्री पष्पकमल दाहाल सोमबार र भोलि मंगलबार चितवनका उद्घाटन सम्बन्धि चारवटा कार्यक्रममा व्यस्त हुने भएका छन्।

प्रधानमन्त्रीबाट हिल्सा पुल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्लाको हिल्सा नदीमा निर्माण गरिएको पुल मंगलबार उद्घाटन गरेका छन्।

आज पतञ्जली उद्योग उद्घाटन

एक अर्ब ५० करोड रुपैयाँ लगानीमा कलैया–वीरगन्ज सडक खण्डको प्रसौनीमा खुलेको पतञ्जली आयुर्वेद उद्योगको उद्घाटन बिहीबार हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्