९ मंसिर २०८१ आइतबार
image/svg+xml

म्युनिखद्वारा प्रशिक्षक कोभाच बर्खास्त

बुन्डेस लिगा महारथी बायर्न म्युनिखले आइतबार प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ। शनिबार भएको बुन्डेसलिगा खेलमा इन्ट्र्याक्ट फ्र्यान्कफर्टसँग ५–१ ले स्तब्ध भएपछि बायर्नले प्रशिक्षक कोभाचलाई बर्खास्त गरेको हो। जुन पछिल्लो एक दशकमा बायर्नले बुन्डेसलिगामा भोगेको अहिलेसम्मकै खराब हार हो।

कौटिन्हो लोनमा बायर्न जाने

बायर्न म्युनिखले बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्होलाई एक सिजन लोनमा लाने सहमति गरेको छ। बुन्डेस लिगा च्याम्पियन बायर्नले आगामी केही दिनभित्रै २७ वर्षे ब्राजिलियन मिडफिल्डरको अनुबन्धन प्रक्रिया टुंगिने बताएको छ।

अलबालाई क्लबको भविष्यबारे चिन्ता

अस्ट्रियन फुटबलर तथा बायर्न म्युनिखका रक्षक डेविड अलबाले आफ्नो भविष्य र क्लबको भविष्यबारे चिन्ता व्यक्त गरेका छन्। अलबाले बलियो र पुरानो साख जोगाउनका लागि आगामी सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने धारणा क्लबलाई दिएका हुन्। अलबाले सेप्टेम्बर २ तारिखमा बन्द हुन लागेको खेलाडी सरुवा बजार अघि क्लबले एक वा दुई खेलाडी अनुबन्ध गर्नुपर्ने बताएका हुन्। शनिबारबाट हुने बुन्डेसलिगाअन्तर्गत बायर्नले हार्था बर्लिनसँग खेल्दै लिगको सुरुआत गर्दै छ।

माट्सलाई आपत्ति छैन

बायर्न म्युनिखका रक्षक माट्स ह्युमेल्सले जर्मनीका प्रशिक्षक जोचिम लोउले उनका समकालीन खेलाडी थोमस मुलर, जेरोमी बोयटाङ र आफूलाई जर्मन टोलीबाट हटाएको निर्णयमा आपत्ति नभएको बताएका छन्।

च्याम्पियन्स लिग : पाएका अवसर खेर फाल्दा लिभरपुल बराबरीमा रोकियो

इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल प्रिक्वाटरफाइनलको पहिलो लेगमा गोलरहित बराबरी खेलेका छन्।

च्याम्पियन्स लिग ड्र : लिभरपुलको प्रतिद्वन्द्वी बायर्न

इङ्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा पाँच पटकको च्याम्पियन जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ।

बायर्नको अपराजित यात्रामा पूर्णविराम

मिडफिल्डर ओनड्रजेल डुडाको गोलप्रेरित हार्था बर्लिनले शुक्रबार बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिखको जारी सिजन अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ।

क्लब छोड्ने मनस्थितिमा लेवान्डोवस्की

बायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोवस्कीले तीन महिनाअघि नै बुन्डेसलिगा छोड्ने मनस्थितिमा पुगेको खुलासा गरेका छन्।

पाभार्ड बायर्न जाने

फ्रान्सका विश्वकप विजेता रक्षक बेन्जामिन पाभार्डले जर्मन बुन्डेसलिगाको च्याम्पियन बायर्न म्युनिखसँग २०१९ देखि लागू हुने गरी सम्झौता गरेका छन् । तर जर्मन सञ्चारमाध्यमका अनुसार २२ वर्षे रक्षकको सरुवा त्योभन्दा चाँडै हुन सक्नेछ।

बायर्न लगातार छैटौं पटक च्याम्पियन

हामेस रोडरिग्वेजले नायकको भूमिका निर्वाह गरेको खेलमा शनिबार सुरुमा गोल खानाका बावजुद औसबर्गमाथि ४–१ को अवे जित हासिल गरेपछि बायर्न म्युनिखले लगातार छैटौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ।

च्याम्पियन्स लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।

बायर्न लगातार छैटौं उपाधिनजिक

रोबर्ट लेवान्डोवस्कीको ह्याट्रिक प्रेरित बायर्न म्युनिखले शनिबार राति बोरुसिया डर्टमन्डमाथि ६–० को फराकिलो अन्तरमा जित हासिल गर्दै लगातार छैटौं जर्मन बुन्डेसलिगा उपाधिको नजिक पुगेको छ।

बायर्नको अग्रता फराकिलो

कोरिन्टिन टोलिसोको उत्कृष्ट गोल मद्दतमा बायर्न म्युनिखले फ्रेइबर्गलाई ४–० को नतिजामा पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २० अंकले फराकिलो पारेको छ।

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इङलिस क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदाननमा सम्पन्न प्रि क्वाटरफाईनलको पहिलो लेगमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

बायर्नको फराकिलो अग्रता

स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि उल्फस्बर्गलाई २–१ को नतिजामा हराउँदै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २१ अंकले फराकिलो पार्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्