९ मंसिर २०८१ आइतबार
image/svg+xml

बायर्न जर्मन कपको सेमिफाइनलमा

आर्येन रोबेनको दुई गोलप्रेरित बायर्न म्युनिख मंगलबार तेस्रो श्रेणीको क्लब पाडरबर्नलाई ६–० ले पराजित गर्दै जर्मन कपको सेमिफाइनल प्रवेश गरेको छ ।कीर्तिमानी १९आै जर्मन कपको उपाधि जित्ने लक्ष्यमा भएको बायर्न किङ्सले कोमन, रोबर्ट लेवान्डोवस्की, जोस्वा किमिच र कोरेन्टिन टोलिसोको गोलमा सानदार जिततर्फ अघि बढेको थियो । क्लबका लागि रोबेनले अन्तिम समयमा थप दुई गोल गरेका थिए ।

बायर्नको शीर्षता थप मजबुत

फ्य्रांक रिबेरी र हामेस रोडरिग्वेजको गोलप्रेरित बायर्न म्युनिखले शनिबार मेइन्जमाथि २–० को जित हात पार्दै बुन्डेसलिगाको शीर्षता थप मजबुत बनाएको छ ।

बायर्नको शीर्षता थप बलियो

स्ट्राइकर रोबर्ट लेवान्डोवस्की र थोमस मुलरको दुई/दुई गोलप्रेरित बायर्न म्युनिखले आइतबार वेर्डर बे्रमेनलाई ४–२ ले पराजित गर्दैै बुन्डेसलिगामा शीर्षता थप बलियो पारेको छ ।

बायर्नको शीर्षता थप बलियो

बायर्न म्युनिखले शुक्रबार बायर लेभरकुसेनमाथि ३–१ को सहज जित निकाल्दै जर्मन बुन्डेसलिगामा आफ्नो शीर्षता थप बलियो पारेको छ।

बायर्न म्युनिख शीर्ष स्थानमा

ह्यामेस रोड्रिग्वेज र रोबर्ट लेवान्डोवस्कीको गोलमा शनिबार आरबी लिपजिगलाई २–० ले पराजित गर्दै साबिक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।

बायर्नको जितमा टोलिसो नायक

कोरेन्टिन टोलिसोको गोलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले शनिबार १० जनामा सीमित भएर अधिकांश समय खेलेको ह्यामबर्गर एसभीमाथि १–० को जित हासिल गर्दै शीर्ष टोली बोरुसिया डर्टमन्डसँग अंक बराबरी गरेको छ ।

बायर्नको फराकिलो जित

बायर्न म्युनिखले फ्रेइबर्गलाई ५–० ले पराजित गर्दै नयाँ प्रशिक्षक जुप हेन्केसको सुरुआत सफल पारेको दिन शनिबार आरबी लिपजिगले बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गरेको छ। खेलको सातौंै मिनेटमा फ्रेइबर्गका जुलियान स्कुस्टरले गरेको आत्मघाती गोलमा बायर्नले अग्रता लिएको थियो । ४२औं मिनेटमा किङ्सले कोमनले गोल गर्दैै बायर्नको अग्रता दोब्बर पारेका थिए।

डर्टमन्ड र बायर्न दोस्रो चरणमा

पिरे इमेरिक औबामेयाङले ह्याट्रिक गरेको दिन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेपछि बोरुसिया डर्टमन्ड र बायर्न म्युनिख शनिबार जर्मन कपको दोस्रो चरण प्रवेश गरेका छन्।

बायर्नलाई लगातार पाचौँ पटक उपाधि

बायर्न म्युनिखले शनिबार १० जनामा सीमित भएर खेलको अन्त्य गरेको उल्फसबर्गमाथि ६–० को फराकिलो जित हासिल गर्दै लगातार पाँचौं पटक जर्मन बुन्डेसलिगाको उपाधिमा कब्जा जमाएको छ।

बायर्नको उपाधियात्रा थप सहज

स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले शनिबार बोरुसिया डर्टमन्डलाई ४–१ ले पराजित गर्दै उपाधियात्रा थप सहज पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलको चौथो मिनेटमा फिलिप लाहामको पासमा फ्य्राङ्क रिबेरीको गोलमा बायर्नले अग्रता लिएको थियो।

शीर्ष स्थानमा बायर्नको पुनरागमन

डगलस कोस्टाले लामो दुरीबाट गरेको उत्कृष्ट गोलमा पुछारको टोली डार्मस्टाडलाई १–० ले पराजित गर्दै साविक विजेता बायर्न म्युनिख आइतबार बुन्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ।

आर्सनलको भेट बायर्नसँग

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सोमबार निकालिएको अन्तिम १६ को ‘ड्र’मा आर्सनलले जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्द्वी पाएको छ। बार्सिलोनाले अन्तिम ८ का लागि परिचित प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्