१० आश्विन २०८१ बिहीबार
image/svg+xml

एक डलरमै हवाई यात्रा!

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ।

२४ जना आप्रवासी पक्राउ

मध्य अमेरिकी मुलुक हाइटी र गिनीबाट संयुक्त राज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्।

अमेरिकी सीमामा आप्रवासी पक्राउ

अमेरिकी सीमा सुरक्षा अधिकारीले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

कांग्रेसले अमेरिकामा पनि जागरण अभियान लैजाने

नेपाली जनसम्पर्क समिति अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकाका विभिन्न मुख्य राज्यहरुमा आयोजना गर्ने भएको छ। जुन १५ तारिख शनिवार अमेरिकाको उत्तरपूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा, मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा कार्यक्रम गर्ने निर्णय भएर तया

अफगान शरणार्थी स्वदेश फर्किए

संयुक्त राष्ट्र संघीय आप्रवासनसम्बन्धी निकाय (आइओएम)ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ। यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन्।

प्रवासी सवार डुंगा भूमध्य सागरमा दुर्घटना, कम्तिमा ६५ को मृत्यु

प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। बीबीसीका अनुसार १६ जनाको सकुसल उद्दार गरिएको छ।

मेक्सिको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न यदि मेक्सिकोले कुनै कदम नचाले आफूले बाध्य भएर सीमा बन्द गर्नुपर्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका हुन्। सीमा बन्द भयो भने यसले सीमा वारपारमा समस्या हुने र अर्बौं डलरबराबरको व्यापारमा पनि समस्या हुने ट्रम्पको चेतावनी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो

मेक्सिकाेसँग जाेडिएकाे दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ। सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ।

नेपालकै विमानस्थलमा 'लुटिन्छन्' नेपाली

नेपाल सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको भन्सार शुल्क सम्बन्धी नयाँ नियमले प्रवासी नेपालीहरु मारमा परेको भन्दै गैरआवासीय नेपाली संघले चर्को विरोध जनाएकाे छ। झिटीगुन्टाको नाममा काठमाडौंस्थित त्रिभुवन विमानस्थल अध्यागमनमा नेपाल सरकारले लागू गरेको उक्त नयाँ नियमप्रति प्रवासी नेपालीहरुले समते संघकाे विराेधमा समर्थन जनाउँदै विरोध सुरु गरेका छन्। सरकारको पछिल्लो कदमलाई मध्यपूर्व लगायतका देशमा कार्यरत नेपालीहरुले समाजिक संजाल मार्फत आलोचना सुरु गरेका हुन्।

आप्रवासी बालबालिकाको अमेरिकी हिरासतमा मृत्यु

आफ्नो बाबुसँग अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्।

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ। ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो।

बेलायतद्वारा आप्रवासीलाई लक्षित कडा नीति प्रस्ताव

युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)पछि ईयू क्षेत्रबाट बेलायत आप्रवासनबारे बेलायतको प्रस्ताव बुधबार सार्वजनिक गरिएको छ। व्यवसायिक समूहहरूले भने ब्रेक्जिट सम्झौता गर्नु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्न सक्ने भन्दै यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन्।

जब एयरपोर्टमा छोरीले बाबुको शव बुझिन्...

सरकारले मंगलवार (हिजो) अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनायो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले त श्रमिकको हितका लागि आफू ‘तोप’ बन्न तयार छु पनि भने। तर, वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक ३ जनाको शव बाकसमा फर्किने कहालीलाग्दो अवस्थाको अन्त्य कहिले होला? वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता दिएर मात्र सरकारको जिम्मेवारी पुरा होला र?

इन्द्रेणीमा आप्रवासनको रंगमञ्च, एयरपोर्टमा वैदेशिक रोजगारको वास्तविकता (फोटो फिचर)

१८ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा राजधानीको इन्द्रेणी फुडल्याण्डमा मन्त्री विष्टले वैदेशिक रोजगारको राजमार्ग बनाउने उद्घोष गरेको केही समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै ५ जना नेपालीको शव लगालग नेपाल भित्रिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्