११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इन्द्रेणीमा आप्रवासनको रंगमञ्च, एयरपोर्टमा वैदेशिक रोजगारको वास्तविकता (फोटो फिचर)

तस्बिरहरु : दिनेश लुइटेल

अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको हितका लागि आफू ‘तोप’ बन्न तयार छु भनेको केही क्षणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा केही घायल नेपाली भेटिए।

ति नेपाली मन्त्री विष्टले पड्काएको तोपले त घायल भएका थिएनन् तर मन्त्री विष्ट जस्तै उच्च ओहोदामा बस्ने राजनीतिज्ञ, कर्मचारीतन्त्रको स्पष्ट दृष्टिकोण, गन्तव्य देशसँग राख्नुपर्ने प्रष्ट अडानको कमीले निम्त्याएको परिणाम थियो।जसको धेरथोर भागिदार मन्त्री विष्ट पनि बन्छन्।

१८ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा राजधानीको इन्द्रेणी फुडल्याण्डमा मन्त्री विष्टले वैदेशिक रोजगारको राजमार्ग बनाउने उद्घोष गरेको केही समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै ५ जना नेपालीको शव लगालग नेपाल भित्रिए।

वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउँदै नेपाली श्रमिकको हक, अधिकारको पक्षमा लड्ने चर्काचर्का भाषण गर्नेका निम्ति विमानस्थलका ति दृश्य आफैमा गतिलो झापड बनेका थिए।

सरकारी, गैरसरकारी वा पीडित नेपाली देखाएर विदेशी डलर ल्याउने केही ‘झोले’ संस्थाले आप्रवासी कामदारको हकअधिकारको सुनिश्चित हुनुपर्छ भन्दै वर्षेनी अनेक कार्यक्रम गरेपनि वैदेशिक रोजगार भने झन्झन अस्तव्यस्त बन्दैछ अनि विदेशिने नेपाली झन्झन असुरक्षित। यो अवस्थाको कहिले अन्त्य होला र?
 

तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
तस्बिरहरु : दिनेश लुइटेल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App