२५ असार २०८१ मंगलबार
image/svg+xml

पानी स्रोतको खोजी

लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।

करोडौं रकम खर्चिएका लिफ्ट खानेपानी योजना अधुरै

कालिकोटका उच्च तथा सुख्खा भागहरूमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाडेको छ।

तीन वर्षमा पनि बनेन खानेपानी योजना

तीन वर्षसम्म पनि बैतडीको पुर्चौडी नगरपालिका–१ को खानेपानी योजना पूरा हुन सकेको छैन। नगरपालिकाको केन्द्र हाटमा खानेपानीको व्यवस्थापन गर्नका सञ्चालित हाट वृहत खानेपानी योजना उपभोक्ता समितिको लापरबाहीले पूरा हुन नसकेको हो।

पहिरोले ५० बढी खानेपानी योजनामा क्षति

पहिरोले खानेपानी संरचनामा क्षति पुर्‍याएकाले बल्ल ट्यांकीसम्म पानी पुर्‍याउन सकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ।

बैतडीमा २२ करोड लागतका १ सय ४१ वटा खानेपानी योजना

स्थानीयलाई स्वच्छ सफा पानी उपलब्ध गराउन बैतडीका १० स्थानीय तहमा चालू आर्थिक वर्ष २०७७/०७८ मा २२ करोड रुपैयाँ भन्दा बढीको लागतमा १ सय ४१ वटा खानेपानी योजना निर्माण सुरु भएका छन् ।

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको छ । सदरमुकाम अवस्थित फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाका साथ प्रशोधन केन्द्र परियोजना निर्माणको तयारी थालिएको हो । अहिले ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत फुङलिङ नगरपालिकाका विभिन्न वडाका उपभोक्तालाई खानेपानी सुविधा प्रदान गरिँदै आएको छ ।

खानेपानी योजनामा स्थानीयको असन्तुष्टी

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित बिस्काम खोलाको पानी अन्यत्र लैजान लागिएको भन्दै स्थानीयले विरोध सुरु गरेका छन् ।

सोभे खानेपानी योजना उद्घाटन

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित सोभेमा खानेपानी योजना सञ्चालनमा आएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको १० लाख बजेटमा छङछङ्गे मुहान भएको सोभे खानेपानी योजना सोमबार जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले उद्घाटन गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्