coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

एनआरएनए निर्वाचन: शून्य भोटको विषयमा निर्वाचन समितिले सत्यतथ्य बुझ्दै

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचनमा एकजनाको भोट शून्य देखिएको विषयमा निर्वाचन समितिले सत्यतथ्य बुझ्ने भएको छ।

एनआरएनएको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

विदेशमा रहेका नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो अवस्था !

स्वास्थ्य विज्ञहरूले गैरआवासीय नेपालीहरूमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या देखिएकोमा चिन्ता व्यक्त गरेका छन्।

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्।

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३ सय ४१ पुग्यो

सङ्घ का अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ , बेलायतमा ८६ र यूएइमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन्। शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९ सय ८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार ६ सय २८ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ।

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

छिटो उद्धार गर्न आग्रह

विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्