११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ट्रम्पको भनाइप्रति भारतको असन्तुष्टि

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि देशको संसद्मा अमेरिकी राष्ट्रपतिले गरेको दाबी सत्य नभएको बताएका छन्।

सिटिइभिटीको कामप्रति विष्णु पौडेलको असन्तुष्टि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन्।

अधिकार खोसिएको भन्दै नगरपालिका संघ असन्तुष्ट

स्थानीय तहलाई संविधानले दिएको एकल अधिकारसमेत संघ र प्रदेशले काटेको भन्दै नेपाल नगरपालिका संघका पदाधिकारीले आपत्ति जनाएका छन्। ‘प्रदेश र संघले एकपछि अर्को गर्दै हाम्रा एकल अधिकारहरु कटौती गरिरहेको छ। यी सबै क्रियाकलापले स्थानीय सरकारलाई अधीनस्थ बनाउन खोजिँदैछ। यो संविधान कार्यान्वयनकै उपहास भएको छ’, संघका महासचिव एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले भने।

भेहिकल ट्रयाकिङ प्रणालीप्रति उद्योगीहरुको असन्तुष्टि

सरकारले आवश्यक पूर्वाधारको विकास नगरी मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगी/व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्।

केसीको घरमा कांग्रेस असन्तुष्ट पक्षको ‘डिनर’: तदर्थवादमा लैजान खोजेको निष्कर्ष

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतका नेताहरुको बैठकले विधानको संकक्रमणकालीन व्यवस्थालाई टेक्दै सभापति शेरबहादुर देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको निष्कर्ष निकालेका हुन्।

जिल्ला कमिटी चयनप्रति पत्रकार सम्मेलन गरेर नेकपा नेताले पोखे असन्तुष्टि

सत्तारुढ दल नेकपाले हालै गरेको जिल्ला कमिटी चयनप्रति नेकपाकै पदाधिकारीहरुले असन्तुष्टि जनाएका छन्। मंगलबार सिरहाको मिर्चैयामा पत्रकार सम्मेलन अयोजना गरि नेकपाका केन्द्रिय पदाधिकारी तथा जनप्रतिनिधिहरुले असन्तुष्टि पोखेका छन्।

संकटमा नेकपा

‘बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्ट्याउने, नभए सरकारविरुद्ध प्रयोग गर्ने। क–कसलाई के–कसो गरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरू सक्रिय रहेको अवस्था। इतिहास दोहो¥याउने कुचेष्टा।’

राजपाले भन्यो ‘सबै प्रदेशमा प्रशासकीय अदालत राख्नैपर्छ’

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सबै प्रदेशमा प्रशासकीय अदालत गठन गर्नुपर्ने आफैँले गरेको प्रस्तावबाट पछि हटेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन्।

विकास निर्माणका काममा सत्तापक्षीय सांसदको असन्तुष्टि

संघीय संसदको विकास तथा प्रविधि समितिले विकास, निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन पनि सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ।

प्रदेशको बजेटप्रति विपक्षीको तीव्र असन्तुष्टि

प्रदेश ३ सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटप्रति विपक्षी दलहरुले तीव्र असन्तुष्टि जनाएका छन्।

देउवामाथि दबाब बढाउँदै असन्तुष्ट

नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको भ्रातृ संगठनसहित अन्य निकाय गठनका विषयमा सभापति शेरबहादुर देउवालाई दबाब दिने निष्कर्ष निकालेका छन्।

नेकपाको ताप्लेजुङ कमिटीमा असन्तुष्टि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटी गठन भएसंगै सांगठनिक असन्तुष्टि देखा पर्न थालेको छ।

नयाँ शक्तिका असन्तुष्ट नेताले भने : पार्टीमा 'रोलकल मुलक लोकतन्त्र'

संघीय समाजवादी फोरम र नयाँ शक्तिको एकता पछि केही नेता असन्तुष्ट देखिएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका असन्तुष्ट नेताहरुले एक भेला गर्दै वैकल्पिक राजनीतिक विचारको बहस अव के हुने भन्दै छलफल गरेका छन्।

असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेका हुन्।

पौडेलको घरमा देउवालाई सम्झाउने भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन भद्रगोल भएको भन्दै असन्तुष्ट समूहले भ्रातृ संगठन सुधारमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको बैठकले यसप्रति ध्यान दिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्