९ आश्विन २०८१ बुधबार
image/svg+xml

संरक्षणको पर्खाइमा बिच भलिबल कोर्ट

एकातिर पूर्वाधार निर्माणमा सरकारी लगानी भइरहेको छ भने अर्कातिर भएका पूर्वाधार संरक्षण हुन सकेका छैनन् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएको बिच भलिबल कोर्ट अहिले संरक्षणविहीन छ ।

प्रियंका र आयुष्मानले गरे ‘कोर्ट म्यारिज’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहीबार कोर्ट म्यारिज गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्याच्लर पार्टीदेखि मेहेन्दीसम्मको फोटोहरू भाइरल भइरहँदा बिहीबार यी जोडीले ललिलपुर जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेको स्टोरी पोस्ट गरेका थिए।

टेनिस संघलाई कोर्ट हस्तान्तरण

आगामी मंसिरको तेस्रो सातादेखि नेपालमै हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लन टेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ।

'लोकप्रियतावादी शक्तिको उदय हुनु न्यायपालिकाका लागि चुनौती'

भारतीय सुप्रीम कोर्टका मुख्य न्यायाधीश रंजीत गोगोईले लोकप्रियतावादी (पपुलिज्म) शक्तिको उदय हुनु न्यायपालिकाको स्वतन्त्रताको लागि चुनौती रहेको बताएका छन्।

सात महिना रोकिएको टेनिस कोर्ट निर्माणको तयारी

बजेट अभावका कारण रोकिएको पोखरा रंगशालाभित्रको टेनिस कोर्ट सात महिनापछि यसै सातादेखि निर्माण सुरु हुने भएको छ । कास्की जिल्ला टेनिस संघले बजेट अभावमा अड्किएको पूर्वाधारको काम पुनः सुरु गर्ने तयारी गरेको हो । बजेट आएपछि फेरि कामले गति लिने टेनिस कोर्ट निर्माण समितिका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेलले बताए । ‘बजेट रोकिएको थियो, त्यसले सात महिना काम ठप्पै भयो,’ भुजेलले भने, ‘फेरि बजेट आएको छ, यसै हप्तादेखि काम अगाडि बढाउँछौं ।’

सेनाका २३ अधिकृत सहित १ सय ८७ जनालाई कोर्ट मार्शल

नेपाली सेनाले २३ अधिकृत सहित १ सय ८७ जनालाई कोर्ट मार्शलको लागि सिफारिस गरेको छ। २०७३ र २०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमिततामा संलग्नहरुलाई सेनाले कारबाही गरेको हो।

गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा

चेल्सीका बेल्जियन गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा भित्रिएका छन्। रियाल र चेल्सी बुधबार कोभासिचलाई एक सिजन लोनमा स्पाम्फोर्ड ब्रिज पठाउने र गोलकिपर थियाबाउट कोर्टोइस सान्टियागो बर्नाबेउमा भित्रने साझेदारीमा पुगेका थिए।

कोर्टाेइस र हाजार्ड चेल्सीमै रहने विश्वास

चेल्सीका रक्षक डेविड लुइजले गोलपिकर थियाबाउट कोर्टोइस र फरवार्ड इडेन हाजार्ड स्टामफोर्ड ब्रिजमै रहेको हेर्ने चाहना राखेका छन्।

नेपालमा मुट कोर्टको सुरुआत

नेपालस्थित अमेरिकी दूतावासले हालै फुलब्राइट अलम्नाई एसोसिएसन तथा अमेरिकी न्याय मन्त्रालयसँगको सहकार्यमा पहिलो अमेरिका–नेपाल अन्तर्राष्ट्रिय मुट कोर्ट (नमुना अदालत) प्रतियोगिता आयोजना गरेको छ। मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई आफ्ना भावी ग्राहकका लागि राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्छ। प्रतियोगितामा उनीहरू कुनै काल्पनिक मुद्दामाथि बहस गर्छन्। न्यायाधीशको भूमिका स्वयंसेवकहरूले निर्वाह गर्छन्, जसमध्ये धेरै जना अनुभवी अधिवक्ता वा वास्तविक न्यायाधीश नै हुन्छन्।

घरेलु कोर्टमा कीर्तिपुर विजयी

एनके कीर्तिपुरले आइतबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगिता अन्तर्गतको खेलमा हिमालयन हन्ड्समाथि ८४–८३ को प्रतिस्पर्धात्मक जित हासिल गरेको छ।

‘बल ओलीको कोर्टमा, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुने बताएका छन्।

अनियमितता काण्ड अख्तियारको कोर्टमा

सरकारले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्कालाई बर्खास्त गरेसँगसँगै जग्गा खरिदमा भएको अनियमितताको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोर्टमा पुगेको छ।

विधेयकमा पुनर्विचार गर्न फुलकोर्टको पत्र

प्रधानन्यायाधीशसहित विभिन्न तहका अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवा सर्तसम्बन्धी  संसद्मा विचाराधीन विधेयक परिमार्जन गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले सरकारसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्