coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा

मड्रिड – चेल्सीका बेल्जियन गोलकिपर थियाबाउट कोर्टोइस रियाल मड्रिडमा भित्रिएका छन्। रियाल र चेल्सी बुधबार कोभासिचलाई एक सिजन लोनमा स्पाम्फोर्ड ब्रिज पठाउने र गोलकिपर थियाबाउट कोर्टोइस सान्टियागो बर्नाबेउमा भित्रने साझेदारीमा पुगेका थिए।

रियालले गत महिना रूसमा सम्पन्न विश्वकपमा उत्कृष्ट गोलकिपरको पुरस्कार जितेका कोर्टोइसलाई ३ करोड ५० लाख युरोमा अनुबन्धन गरेको हो। कोर्टोइस रियालसँग ६ वर्षका लागि अनुबन्धित भएका हुन्। कोर्टोइस विश्वकप सकिएपछि पनि सरुवा चर्चाका कारण चेल्सीको अभ्यासमा फर्किएका थिएनन्। कोर्टोइसलाई भित्र्याएसँगै नियमित गोलकिपर केलोर नाभासले रियाल मड्रिड छाड्ने संकेत गरेका छन्।

चेल्सीले भने बिहीबार एथलेटिक बिलबाओबाट गोलकिपर किपा अरिजाबालागालाई कीर्तिमानी मूल्यमा अनुबन्धित गरेको थियो। गत सिजन जनवरी सरुवा बजारमा रियालले किपालाई भित्र्याउने इच्छा देखाएपछि बिलबाओले उनको सरुवा रकम २ करोड युरोबाट ८ करोड युरो पुर्याएको थियो। 

त्यस्तै चेल्सीले बिहीबार नै क्रोएसियाका मिडफिल्डर माटिओ कोभासिचलाई स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडबाट एक सिजनका लागि लोनमा भित्र्याएको छ।

कोभासिच गत महिना क्रोएसियाले रूस विश्वकपमा पहिलो पटक फाइनल यात्रा पक्का गर्दा टोलीका महत्वपूर्ण खेलाडी थिए। यद्यपि फाइनलमा उनको टोली फ्रान्ससँग ४–१ ले पराजित भएको थियो। कोभासिचले रियाल मड्रिडका लागि ७३ खेल खेलेका थिए। उनी २०१५ मा इटालियन सिरी ‘ए’ को क्लब इन्टर मिलानबाट रियाल भित्रिएका थिए।

 

प्रकाशित: २५ श्रावण २०७५ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App