३ आश्विन २०८१ बिहीबार
image/svg+xml

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सरकारी विद्यालयको स्तर खस्केको छ।

एसईईका दुई चर्चित अनुहारः कसको कुन ग्रेड ?

२०७५ सालको एसईई परीक्षामा चर्चित दुई अनुहारमध्ये एक हुन् शान्ता चौधरी। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक हुन् चौधरी।

एसईईः कति विद्यार्थीको कति जीपीए ?

२०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्।

यसरी हेर्नुहाेस् घरबाटै एसईई नतिजा

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा केहि समयअघि नतिजा सार्वजनिक गरेकाे हाे।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।

यसरी हेर्ने सकिन्छ ‘एसईई’को नतिजा

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो २ बजे बोर्ड बैठक बोलाइएको छ ।

‘एसईई’को नतिजा दिउँसो सार्वजनिक गर्ने तयारी

२०७५ सालको माध्यमिक शिक्षा ९एसईई० परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ ।

प्रश्नपत्र बाहिरिनु नालायकीपनको पराकाष्ठा : कांग्रेस

नेपाली कांग्रेसले प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारी र नालायकीपनको पराकाष्ठा भएको आरोप लगाएको छ।

प्रदेश २ मा एसईई परीक्षा स्थगित, प्रश्नपत्र लिक गर्नेलाई कारवाही गर्छाैं : शिक्षा मन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश २ मा एसईई परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। शुक्रवार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश २ मा परीक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको जानकारी गराए।

एसईईको भोलिको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ।

यसरी बाहिरिएको थियो प्रश्नपत्र

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षार्थीलाई फर्काइएको छ। बिहान ७ बजेबाट नै परिक्षा केन्द्रमा उपस्थित परीक्षार्थीहरूलाई बिहान ८ बजे प्रश्नपत्र आउट भएको भन्दै घर फर्काइएको हो।

परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे तोडफोड (फोटो फिचर)

एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो।

परीक्षा अनुगमन टोलीलाई बाजागाजा !

एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षामा अनुगमन गर्न गएको अनुगमन टोलीलाई स्थानीले बाजागाजा सहित सम्मान गरेका छन्।

एसईई विकृति, मिलोमतोमा चिट

सिरहा लहानस्थित लक्ष्मण ललिता कुशवाहा मावि(ललकु) केन्द्रमा बाहिरबाट कोही पुग्नासाथ केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) र गार्ड (निरीक्षक) हरु नै परीक्षार्थीलाई सतर्क गराउँछन्। एसईई २०७५ मा सहभागी विभिन्न सात विद्यालयका परीक्षार्थी (३ सय १३) आदेशअनुसार झटपट आफ्ना चिजबिज (उत्तर सामग्री) सँगाल्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्