४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मरेरै सकिए बाह्रसिंगे र अर्ना

वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिंगे बाढी र रोगले मरेर सकिएका छन्।

अर्ना: न फस्टायो, न मोटायो

कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै। चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन्।

पर्यटक तान्न चरा र अर्ना महोत्सव

आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने योजनासहित माघ १९ देखि २९ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा चरा र अर्ना महोत्सव आयोजना गर्न लागिएको हो।

निकुञ्जमा खुसी थप्दै अर्ना

चितवन राष्ट्रिय निकुञ्जमा अहिले अर्नाका बच्चाको संख्या चार पुगेको छ। पछिल्लो पटक भदौ पहिलो साता अर्नाले बच्चा जन्माएसँगै निकुञ्जमा ३ पाडा र १ पाडी भएका छन्। गत वर्ष भदौमा तीन अर्ना जन्मिएका थिए। निकुन्जमा रहेका वयष्क अर्नामा दुई भाले र सात पोथी रहेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिए।

अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो।

कोसी टप्पुका अर्ना र आसपासका बासिन्दालाई खतरा

आरक्ष सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। यो क्षेत्रमा छाडा चौपाया बग्रेल्ती चरिचरनका लागि छाड्ने गरिएको छ।

कोशी टप्पुका अर्ना र आसपासका बासीन्दालाई खतरा

तीन दिनअघि कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाई–गोरुमा एन्थ्रेक्सको जीवाणु भएको रिपोर्टमा देखिएपछि आरक्षका अर्नासँगै अरु जनावर र आसपासका मानिसमा पनि रोग सर्न सक्ने खतरा बढेको छ।

ट्रिब्युट टू पिंक फ्लोइड ब्यान्डको कार्यक्रममा अर्ना प्रायोजक

ट्रिब्युट टू पिंक फ्लोइड ब्यान्डको नेपालमा आयोजित सांगीतिक कार्यक्रम अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिपेले प्रायोजन गरेका छन् । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा उक्त कार्यक्रम भएको थियो ।

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ।  सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ।

अर्नाको ‘फेरि उठ्ने छ नेपाल’

अर्ना लाइटले ‘फेरि उठ्ने छ नेपाल’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्ष ब्यान्ड वानका साथ अर्नाले नयाँ अवधारणासँगै उक्त कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ।

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

जंगली अर्नाको आक्रमणबाट एक वालिकाको मृत्यु भएको छ। कोशी गाउँपालिका–४ कटान बस्ने मोहमद मजेबुलकी छोरी ९ बर्षीया सेहेजादी खातुनलाई आफ्नै घर अगाडीको खेतमा खेल्ने क्रममा जङ्गली अर्नाले आक्रमण गरेको थियो। घाईते भएकी उनलाई उपचारको लागि ईनरुवा अस्पताल लगेकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्नाको आक्रमणबाट एकको मृत्यु

अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको मंगलबार मृत्यु भएको छ।

बाढीपछि चितवन निकुञ्जमा अर्नाको बेहाल

कोसी टप्पु बन्यजन्तु आरक्षबाट स्थानान्तरण गरेर चितवन निकुञ्जमा ल्याइएका अर्ना (जंगली भंैसी) बाढीका कारण बेहाल अवस्थामा पुगेका छन् । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनलाई विद्युतीय तारबार गरेर कोसीबाट ल्याएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याएका तीन गरेर १५ वटा अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याएका तीनवटा अर्ना पहिला नै मरेका थिए।

सिरहाको विष्णुपुरमा फोरम र अर्नामामा माओवादी केन्द्र विजयी

सिरहाको विष्णुपुर गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपालले सिरहामा खाता खोलेको छ। यो गाउँपालिमा फोरमबाट अध्यक्ष पदका उम्मेदवार जागेश्वर यादवले ६ सय ६० मतको फराकिलो अन्तरले निकतम प्रतिस्पर्धी नेकपा एमालेका सत्यनारायण यादवलाई पराजित गरको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्