१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पुँजीबजार खोल्न सेवानलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजार सम्वन्धि कारोबार सूरु गर्न निर्देशन दिएका छन् । आईतबार नेपाल धितोपत्र बोर्ड (सेवोन)को २८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कोभिड–१९ का कारण लामोसमय मुलुकको पुँजी बजार बन्द हुँदा लगानीकर्ता मारमा परेको भन्दै उनले आवश्यक प्रक्रिया पुरा गरी पुँजी बजार खुलाउन निर्देशन दिएका हुन् ।

सेयर बजारले गुमायो साढे पाँच विन्दु

तीव्र उतारचढावबीच साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजार सूचक नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको छ।

पुँजीबजारमा दोहोरो कीर्तिमान

आइतबार नेप्से झन्डै ७० विन्दुले बढेको छ भने कारोबार रकम पनि ३ अर्ब ६० करोडमाथि पुगेको छ। एकै दिन नेप्सेमा यति धेरै वृद्धि देखिएको यो पहिलो पटक हो। यस्तै दैनिक कारोबार रकमले समेत यसअघिको कीर्तिमान तोडेको छ।

ल्याप्चे युग अन्त्य हुने संकेतसँगै लगानीकर्तामा उत्साह

लगातार ओरालो लागेको पुँजीबजारमा साताको तेस्रो दिन मंगलबार भने सुधार देखिएको छ। सस्तो मूल्यमा सेयर उठाउने लगानीकर्ता सक्रिय हुँदा बजार उकालो लागेको छ। कारोबार अवधिभरि नै तीव्र उतारचढाव देखिएको नेप्से यस दिन २०.५७ बिन्दुले बढेर बजार बन्द भएको छ।

पुँजी बजारमा सुधार, कारोबार रकम खुम्चियो

लामो समयसम्म निरन्तर ओरालो लागेको पुँजीबजारमा मंगलबार भने सुधार देखिएको छ। यस दिन नेप्से ४.८७ बिन्दुले बढेर १२०८ बिन्दुमा उक्लेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ०.४१ प्रतिशतले उकालो लागेको हो। यसैगरी ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०३ बिन्दुले बढेर २६३.३९ पुगेको छ।

सबै समूह राताम्य

लगानीकर्तामा निराशा बढ्दा पुँजीबजारको ओरालो यात्रा रोकिन सकेको छैन। लाभकर गणनाविधिबारेको अन्योल नटुंगिनु, अपेक्षाअनुसार मौद्रिक नीति नआउनु, नेपाल राष्ट्रबैंकको नयाँ निर्देशन कार्यान्वयन हुँदा बैंक तथा वित्तीय संस्थाको नाफा घट्न सक्ने आकलनजस्ता कारणले लगानीकर्ताले आत्मविश्वास गुमाउन पुग्दा पुँजीबजार निरन्तर ओरालो लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्