५ आश्विन २०८१ शनिबार
image/svg+xml

क्यानेडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र

करिब सय जना पूर्वकूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानेडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन्। चीन सरकारले दुई क्यानेडेली नागरिकलाई चीनविरुद्ध गुप्तचरी गरेको आरोपमा पक्राउ गरेको छ। चिनियाँ सुरक्षाविरुद्धमा सूचना चुहाएको भन्दै चीनले उनीहरुलाई थुनामा राखेको हो।

रावल १० र यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे

दस रुपैयाँ दरका पोलिमर नोट छपाइमा भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा खेपिरहेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन्। विशेष अदालत काठमाडौंका अध्यक्ष, न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको सोमबारको इजलासले रावललाई धरौटीमा छोड्न आदेश गरेको हो।

मध्यपूर्व संयोजकलाई तत्काल रिहा गर्न एनआरएनएको माग

कतार प्रहरीको गिरफ्तारीमा रहेका गैरआवासीय नेपाली संघ(एनआरएनए)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्मालाई तत्काल रिहा गर्न एनआरएनएले माग गरेको छ।

विश्वकर्माको पक्राउ र रिहाईले वार्तामा असहजता : संयोजक पाण्डे

सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन्।

पत्रकार बस्नेत पाँच दिनपछि रिहा

पाँचदिनदेखि पक्राउ परेका ‘खोजतलास’ साप्ताहिक तथा खोजतलास न्यूज डटकमका प्रधानसम्पादक राजु बस्नेत शुक्रबार रिहा भएका छन्। समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा उनी गएको सोमबारदेखि पक्राउ परेका थिए।

निर्मला हत्या प्रकरण नयाँ मोडमा, दिलीप बिष्ट निर्दोष ठहर, आमाबुवा न्याय खोज्दै काठमाडौंमा

निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलीपसिंह बिष्टको डिएनएन रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नमिलेपछि उनी निर्दोष ठहरिएका हुन्।

बम दिदीबहिनी रिहा

निर्मला पन्तका सहपाठी रोशनी बम र बबिता बमलाई सरकारी वकिल कार्यालयको सहमतिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार रिहा गरेको छ।

प्रदेश दुईका सामाजिक विकास राज्यमन्त्री शर्मा तारेखमा रिहा

ज्यान मुद्दामा अदालतमा आत्मसमर्पण गरेका प्रदेश नम्बर दुईका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन्। शर्मालाई साधारण तारेखमा छोड्ने आदेश भएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए। शर्माले सोमबार बिहान महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका थिए।

विन लादेनका अङ्गरक्षकको रिहाई

ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ।

बैकिङ कसुरका आरोपी धरौटीमा रिहा

विराटनगर भन्सार हाता भित्र रहेको वाणिज्य बैक शाखा मार्फत १० करोड भन्सार राजस्व अपचलन गरेको आरोप लागेकाहरू धरौटीमा छाडिएका छन्। उच्च अदालत विराटनगरको आदेशले बैंकिङ कसुरका मुख्य आरोपीहरू विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा र उनका प्रतिनिधि ललित बोहोरा धरैटीमा छाडिएका हुन्।

पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

रौतहटको चन्द्रपुरमा रहेको होटल हिमालयनबाट पक्राउ परेका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका कर्मचारीहरु साधारण तारेखमा रिहा भएका छन्।

राजपाको महाधिवेशन वैशाखमा, रेशम चौधरीलाई रिहा गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ।

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ।

‘समृद्घिका लागि परम्परागत प्रविधि अपरिहार्य’

‘मैले यतिका वर्ष विश्वविद्यालय पढाएँ, नेपालका मौलिक तथा परम्परागत प्रविधिबारे आफैंलाई जानकारी रहेनछ। केवल पश्चिमाले थोपरिदिएका कुरालाई पो ज्ञान भन्दै विद्यार्थीलाई बाँडेछु,’ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सेमिनार हलमा प्रवचन सुरु गर्नुअघि निजात्मक अनुभव सुनाए।

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको बताएका छन्। ‘मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उनले भने, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार हो। समग्र मुलुकको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्