मोबाइल र इन्टरनेट बैंकिङमा सीमा
राष्ट्र बैंकका अनुसार चालु आव ०७६÷७७ को मंसिर महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ८३ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको नौ लाख पुगेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आव ०७६÷७७ को मंसिर महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ८३ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको नौ लाख पुगेको छ ।
सरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयकले इन्टरनेट सेवा प्रदायक (आइएसपी) माथि तेस्रो पक्षको सूचना, तथ्यांक वा लिंक उपलब्ध गराउन ‘फौजदारी दायित्व’को तरबार अघि सारेको छ। कुनै सार्वजनिक निकाय वा अदालतबाट त्यस्तो सामग्री हटाउन दिएको आदेश पालना गरे मात्र कुनै कारबाही नहुने व्यवस्था गरिएको छ।
नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन, सयौं पक्राउ, इन्टरनेट र टेलिफोन सेवा बन्द
पछिल्लो समय ठूलो चुनौतिका रूपमा देखिएको इन्टरनेटको दुरुपयोग न्यूनीकरण गर्न इन्टनेट साक्षरता बढाउनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिएका छन्।
नेपाल टेलिकमले कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ। पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने छ।
शीर्षक पढ्दा अचम्म लाग्यो होला तर अचम्म नमान्नुस् । यसो हेर्दा सबैलाई हाँसो पनि उठ्न सक्छ । शुरुमा जब मैले यो शीर्षक सोचेँ, एक हिसाबले हाँसो पनि उठ्यो तर गहिरिँदै गएँ र घोत्लिन थालेँ, दसैँलाई यादगार बनाउने हो भने सबैले इन्टरनेटलाई बन्द गर्नुपर्छ भन्नेमा म पक्का हुँदै जान थालेँ ।
हालै प्लेयर अननोन ब्याटल ग्राउन्ड वा छोटकरीमा (पीउबिजी) भनिने भिडियो गेम सरकारले बन्द गर्यो भन्ने सूचना आयो । केही पत्रपत्रिकाले यसबारे समाचार लेखे ।
इन्टरनेट व्यापक प्रयोग हुन थालेपछि सन् २००७ जुलाईतिर पहिलोपटक मैले सिकेको अंग्रेजी शब्द हो– नेटिकेट। दुई अंग्रेजी शब्द– इन्टरनेट र एटिकेट(शिष्टाचार) मिलेर यो शब्द बनेको छ। यसको अर्थ हो– इन्टरनेटमा आफ्ना अभिव्यक्ति दिँदा पालना गर्नुपर्ने शिष्टाचार।
भारतको केन्दीय सरकारले गत साता संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइँदै आएको विशेषाधिकार खोसेपछि सो क्षेत्रमा अहिले पनि व्यापक सुरक्षा अधिकारी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइ राखिएको छ।
इलाका हुलाक कार्यालयलाई जिल्ला हुलाक कार्यालय बनाउनको लागि सञ्चार मन्त्रालयमा माग गरेको र अहिले विभाग, अर्थमन्त्रालय हुँदै सामान्य प्रशासनमा कुरा चलिरहेको हल्कारा आचार्यले बताए।
काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा भीषण आगलागी भएको छ।
२५ वर्षअघिको टिभी सोको यो भविष्यवाणी अहिले कत्तिको पुग्छ त ? के यी कुरामा सत्यता छ त ? सत्य त छ तर आधाअधुरो। तथ्याङ्कले भन्छ, इन्टरनेटमा खोजी गरिने सातमध्ये एउटा विषय पोर्नका बारेमा हुन्छ। बाँकी छ त अरु नै विषयमा खोजी हुन्छ।
गल्छी त्रिशूली खण्डमा नेपाल टेलिकमको फाइबरमा समस्या आएपछि शुक्रबारदेखि रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध भएको छ।
क्लासिक टेक प्रालिले ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले एक वर्षभित्र मुलुकभरका १० हजार सार्वजनिकस्थलमा निःशुल्क वाइफाई दिने भएको छ। सार्वजनिकस्थलमा सेवा दिने उद्देश्यले सुरु गरेको योजनालाई मुलुकभर विस्तार गर्न लागेको कम्पनीले जनाएको छ। वर्ष दिनभित्र मुलुकभरका सार्वजनिकस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए।