coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

नाटकमा ‘नेपाली चिया’ को कथा

नेपालमै पहिलो पटक चिया खेती गरिएको इलामका युवाले करिब छ महिनाको अथक मेहनतपछि चियाको कथालाई मञ्चमा उतारेका हुन्, त्यो पनि कलाका रूपमा।

भारतीय कडाइले नेपाली चियाको मुख्य बजार नै अन्योल

‘भारतले कुनै न कुनै बहानामा नेपालको चिया रोकिदिने प्रयास गरेको धेरै समय भयो,’ उनले भने, ‘यो बारम्बारको समस्या उद्योगी, व्यवसायी, स्थानीय र प्रदेश सरकारको तहबाटमात्र समाधान हुँदैन, दुवै देशका सरकारबीच सम्झौता गर्नुपर्छ।’

अर्बौं लगानीको नेपाली चिया विश्व बजारमा

इलामे चियाको सौन्दर्य देख्दा जति आकर्षक छ, पछिल्लो समय यसबाट हुने आम्दानी पनि बढ्दो छ । नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ । यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिँदैछन् । हरियो चियाको गुणस्तर बढाउन किसान लागि परेका छन् भने उद्योगी लगानी थपेर पूर्वाधार तयार गर्न ।

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ।

१२ उद्योगलाई नेपाली चियाको ट्रेडमार्क

ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ। पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन्।

चिया टिप्नेदेखि प्रशाेधनसम्म

पाँचथरको याङवरक र फालेलुङ गाँउपालीको सिमान चरिभञ्याङ क्षेत्रमा रहेको पाथीभरा टिस्टेटको चिया बगान निक्कै सुन्दर छ । निक्कै राम्रो भुवनोटमा रहेको यो चिया बगानमा एक सयको हारहारीमा स्थानीयहरुले रोजगारी पाएको देखिन्छ । आर्गानिक चिया उत्पादन हुने गर्छ ।

कानुन लत्याउँदै सरकारी चिया उद्योग

सरकारी स्वामित्वकै चिया उद्योगले स्थानीय सरकारको कानुन लत्याउँदै हरियोपत्तीको मूल्य आफूखुसी तोकेको छ। सरकारी स्वामित्वमा रहेको जिल्लाकै ठूलो कन्याम चिया उद्योगले ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ विपरीत हरियोपत्तीको मूल्य तोकेको हो।

विदेश जाने चिया गोदाममा

अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत, इन्धनको प्रबन्ध गर्न समेत समस्या हुने अवस्था आएको बताइएको छ ।

चियामै भविष्य देख्छन् जो

अढाई महिनायताको लकडाउनले अरू क्षेत्रजस्तै चियाको खेती, ढुवानी र बजारमा नराम्रोसँग क्षति पुगिरहेको छ । गतवर्षहरूमा पनि कहिले उत्पादन र कहिले निर्यातको झन्झट हुने गरेकाले चिया खेतीप्रति धेरै किसान उदासीन हुँदैछन् ।

लकडाउन बहाना : भारतीय पक्षले रोक्यो नेपाली चिया

लकडाउनको बहानामा भारतीय पक्षले नेपाली तयारी चिया निकासीमा रोक लगाएको छ । लकडाउनकै कारण मुख्य सिजनकै हरियो चियापत्ती टिप्न नपाउँदा करोडौंको घाटा सहेका किसान र उद्योगी बचेखुचेको तयारी चियासमेत बेच्न नपाउँदा झन् समस्यामा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्