संगीतकार वाजिद खानको निधन
बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। बलिउडनमा साजिद-वाजिदको संगीत जोडि चर्चित छ। ४२ वर्षिया वाजिदको मुम्बईको एक अस्पतालमा सोमबार निधन भएको हो। उनलाई कोरोना भएको आशंका गरिएको छ। खान परिवारका अनुसार उनी मिर्गौलाका विरामी थिए। उनको दुई वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो।