२ आश्विन २०७८ शनिबार

ह्वात्तै बढ्यो तरकारीको भाउ

तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)

बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो। सुनकोसी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाएको बेमौसमी काउली बिक्री नहुँदा उनीहरू चिन्तित छन्।

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

‘हामीले लगाएको काउली बिक्री नभएर खेतमै कुहिने अवस्था आएको छ’, सुनकोसी गाउँपालिका ७ का किसान नवीन कार्कीले नागरिकसँग भने, ‘दैनिक चारसय केजीमाथि काउली तयार भएको छ तर बिक्री गर्ने ठाँउ छैन।’

किसानको फसल 'घुइँयाको भाउ'

वसन्ते तरकारी खेती गरेर राम्रो उत्पादन लिउँला सोचेका किसानको फसलको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। चलनचल्तीको भाषामा समाजमा सबैभन्दा सस्तो र हेँलाका रुपमा पिँडालुलाई ‘घुइँयाको भाउ’ भाउ भनेर सम्बोधन गरिँदै आएको छ। हो, अहिले त्यही पिँडालु (घुइँयाको भाउ) भन्दा पनि सस्तो मूल्यमा किसानले तरकारीको मूल्य तोक्दा समेत बिक्न छोडेको छ।

कालीमाटी तरकारी बजारमा होलसेल बाहेक सबै कारोबार बन्द

खुद्रा बिक्री गर्दा मान्छेहरुको भिडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२८गते) देखि कृषक बजार बन्द गर्ने निर्णय गरेको छ।

निषेधाज्ञाले उपत्यकामा खपत घट्दा तरकारी सस्तियो

तरकारी स्टक राख्दा कुहिएर क्षति हुने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। कोभिडको संक्रमण बढेपछि उपभोक्ताहरू तरकारी किन्न बजारमा कम निस्किएका छन्। तरकारी किन्ने ठाउँमा भिडभाड हुने भएकाले पनि त्रसित छन्।

तरकारीको भाउ पाउन थाले भक्तपुरका किसानले

भक्तपुरका किसानले बल्ल तरकारीको उचित भाउ पाउन थालेका छन्। नेपालकै सबैभन्दा ठूलो अनि आधुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा ल्याइएपछि किसानहरुले तरकारीको उचित मूल्य पाउन थालेका हुन्।

नयाँं वर्षको अवसरमा भक्तपुरको तरकारी बजारमा छुट

नयाँं वर्ष २०७८ को अवसरमा भक्तपुरस्थित कृषि बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा एक हप्तासम्म यो छुटको व्यवस्था गरिएको हो।

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायकको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनी क्षेत्रमा बजार खुलेको छ।

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।

बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात

ताप्लेजुङको फुङ्लिङमा उत्पादित तरकारी धमाधम झापातर्फ निर्यात हुन थालेको छ। फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङमा उत्पादित तरकारी झापाको बिर्तामोडतर्फ निर्यात हुन थालेको हो।

कृषि कर्मबाटै मासिक एक लाख बचत

‘यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन्। विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन’, खत्रीले भने– ‘स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्