८ वैशाख २०८१ शनिबार

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि विद्युत् सेवा अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको छ।

सवारीको ठक्करले पैदलयात्रीको घटनास्थलमै मृत्यु, ठक्कर दिने सवारी अझै फरार

अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदल यात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।

‘नेसनल गेट वे’ घोटालामा पौडेल दोषी

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल ‘नेसनल गेट वे’ खरिद घोटाला प्रकरणमा दोषी ठहर भएका छन्।

सुप्रिम सहकारी ठगी प्रकरण: अध्यक्ष गुरुङ पुर्पक्ष थुनामा

जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ।

भौतिकमन्त्री रघुवीरको दबाब’मा एक दर्जन कर्मचारीको नियम विपरीत गुपचुप सरुवा

डेढ खर्ब रुपैयाँभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा अवधि सकिएपछि पनि एक दर्जन कर्मचारीहरूको गुपचुप तरिकाले सरुवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको प्रत्यक्ष दबाबमा सरुवा भएको स्रोतले बताएको छ।

दीपेश पुन जेल चलान

पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

नेताहरुको छलफल सामान्य हो, नयाँ गठबन्धन परिवर्तन हुँदैन : नेता खनाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने बताएका छन्।

काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै

बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ।

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध: सांसद यादव

अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ। युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ।

जलविद्युत् उत्पादनमा सरकारभन्दा निजीक्षेत्र अघि

नेपाल विद्युत् प्राधिकरणको फागुन मसान्त २०८० सम्मको विद्युत् उत्पादन विवरणअनुसार, सरकारभन्दा निजीक्षेत्र विद्युत् उत्पादनमा अग्रपंक्तिमा देखिएको हो।

कर्मचारी कार्यसम्पादनको ‘राजनीति’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना केही मन्त्री र स्थायी संयन्त्रको कार्य सम्पादनसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिएको केही दिनमै नयाँ गठवन्धन बनाइ सरकार गठन भएको छ।

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

गाजा युद्धविरामबारे इजराइल र हमासबीचको वार्ता अनिश्चित

गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको मध्यस्तकर्ता कतारले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्