७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय वृक्षारोपण वर्षमा कपिलस्तुमा १२ लाख बिरुवा उत्पादन

डिभिजन वन कार्यालय कपिलस्तुले ६ लाख ७९ हजार र डिभिजन वन कार्यालयले पाँच लाख बिरुवा उत्पादन गरेको जनाएका छन । संघीय, प्रदेश सरकारको सहयोगमा बिभिन्न कार्यक्रम अन्र्गत सो जिल्लाका बिभिन्न स्थानमा रहेका नर्सरीमा सो बिरुवा उत्पादन गएिको हो । फलफुल, शोभनीय, अमुसो सहीत बिभिन्न प्रजातिका बिरुवाहरू उत्पादन भएका छन ।

माघमा आइपुग्नु पर्ने ओखरका बिरुवा बैशाखको अन्त्यमा

ओखरको बिरुवा खरिद कार्यमा कृर्षि विकास कार्यालय डोल्पाको चरम लापरबाही देखिएको छ । डोल्पामा व्यवसायी ओखर खेतीका लागि ७ पकेट क्षेत्र र १ ब्लग क्षेत्र छनौट गरिएको थियो । कृर्षि विकास कार्यालयको लापरबाहीको कारण गएको वर्षको माघमा आइपुग्नु पर्ने सवा करोड मूल्य बराबरका विरुवा बैशाखको अन्त्यमा मात्र डोल्पामा आइपुगेका छन् । डोल्पामा नयाँ बिरुवा लगाइसक्नु पर्ने अनुकुल समय फागुन महिना हो ।

मदन भण्डारी लोकमार्गमा अझै रोपिएन बिरुवा

पछिल्लो समय काटिएका रूखको सट्टा नयाँ बिरुवा सडक विभागले लगाउने कि वनले भन्ने विषय नै नटुंगिएकाले लोकमार्ग निर्माणको काम अन्तिम चरणमा पुगिसक्दा पनि बिरुवा रोप्ने काम अहिलेसम्म सुरु नै भएको छैन।

संक्रमित बिरुवा पैठारी गरे १ लाख ५० हजारसम्म जरिवाना

संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ।

बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी

गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएका छन्। यसका लागि १० फिटभन्दा बढी उचाइको बिरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए।

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौँडा– ८ स्थित  चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार वृक्षरोपण गर्दै  कार्यक्रमको शुभारम्भ गरेका हुन्।

एकैदिन तीन लाख बिरुवा रोपिएको दाबी

शुक्रबार दिउँसो सर्लाहीकै सागरनाथ वन विकास परियोजना कार्यालय परिसरमा सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रको सम्पूर्ण वन संरक्षण र सम्वद्र्धन गर्ने तथा १९५ हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने निर्णय गरेको थियो।

फौजी किराको आतंक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा फौजी किरा (आर्मी वर्म)को प्रकोप फैलिएको छ। ताँतीकाताँती फैलिएको फौजी किराले बाहुनीडाँडाको मैतुङ, बयक्ता, कदुवा, खर्क, कुर्ले, रुपटार, झापालगायत ठाउँमा आतंक फैलाएको हो।

अलैंची र चियाको बिरुवा किसानलाई वितरण

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले अलैंचीमा लाग्ने रोग तथा कीराको न्यूनीकरणका लागि कृषकहरुलाई अलैंचीको स्वस्थ बिरुवा उत्पादन गरेर बिक्री वितरण गरेको छ। चियाको समाधानका लागि चियाको गुण र स्वाद तथा नामकरणका लागि अध्ययन अनुसन्धान गरिरहेको छ।

प्रदेशसँग समन्वय नहुँदा अनुदानको बिरुवा थन्कियो

प्रदेश र स्थानीय सरकारको समन्वयको अभावमा कृषिसम्बन्धी कार्यक्रम प्रभावित भएको छ। जिल्लाको कालिका गाउँपालिका र प्रदेश ३ सरकारले एकै ठाउँमा कृषकलाई बिरुवा वितरण कार्यक्रम राखेपछि गाउँपालिका समस्यामा परेको छ। कृषकको मागको आधारमा गाउँपालिकाले एक हजार पाँच सय बिरुवा ल्याएकोमा कृषकले प्रदेशबाट निःशुल्क बिरुवा पाएपछि कार्यक्रम प्रभावित भएको हो।

चीनबाट किबीको बिरुवा आयात

सोलुखुम्बुका किबी कृषकले चीनबाट उच्च गुणस्तरका किबीको बिरुवा आयात गरेका छन्। व्यावसायिक किबी खेतीका लागि जिल्लाका चार फार्मका कृषकले पाँच हजार पाँच सय हेवाड जातका गुणस्तरीय बिरुवा आयात गरेका हुन्। आयातित बिरुवालाई माउ बिउको रुपमा विकास गर्ने तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्