२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रहेनन् संगीतकार मुनाल

संगीतकार विजय सिंह मुनालको धनगढीमा सोमबार निधन भएको छ । पारिवारिक घुमघामको क्रममा धनगढीमा रहेका संगीतकार मुनाल सोमबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । पारिवारिक स्रोतका अनुसार विजयको शरीरमा लामो समयदेखि विभिन्न किसिमका रोग थियो ।

संगीतका माध्यमबाट बौद्ध शिक्षा फैलाइँदै

थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले चाबहिलस्थित चारुमती बुद्ध विहारमा आउने दर्शक र स्रोतालाई शान्त र मनोरञ्जित गराएको छ ।

नेपालमा भारतीय नृत्य र संगीतको प्रतिस्पर्धा

भारतीय भूमिमा चर्चित नृत्यहरू नेपाली भूमिमा देखाइएको छ । स्थापनाका हिसाबले भारतीय मानिने चर्चित भरत नाट्यम, ओडेसी, कत्थक, लोकनृत्यसँगै आधुनिक, परम्परागत, अर्ध सांस्कृतिक नृत्यहरू काठमाडौंस्थित सर्वनाम थिएटरमा देखाइएका हुन् ।

संगीतकार अबिरलले गाए ‘लाउनेले नजर’

संगीतकारका रुपमा ख्याती कमाएका आशिष अविरल पछिल्लो पटक गायनमा पनि सक्रिय बनेका छन् । एक नारायण भण्डारीको शब्द र आफ्नै संगीतमा रहेको ‘लाउने ले नजर’ बोलका गीतमा आशिषले स्वर दिएका हुन्।

दुईलाई नारायणगोपाल संगीत

उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इटु जोजिजुलाई  यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषले दुवैलाई उक्त पुरस्कार दिन लागेको हो ।

‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलाई

राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ।  नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो।

संगीतकर्मी तथा नाट्यकर्मीलाई परिचयपत्र

संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा÷कलाकार परिचय पत्र’ पाउने भएका छन् । संगीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न परिचय पत्र दिइन लागिएको हो ।

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक गुरुङको स्वास्थ्य उपचारका लागि गीतकार संघले आर्थिक सहयोग गरेको छ।

रत्नशमशेरलाई खेमराज संगीत सम्मान

गीतकार रत्नसमशेर थापा ‘खेमराज गुरुङ संगीत सम्मान’ बाट सम्मानित भएका छन् । गायक खेमराज गुरुङको प्रथम वार्षिक स्मृतिको अवसरमा खेमराज गुरुङ ट्रष्टले वरिष्ठ गीतकार थापालाई ५० हजार नगदसहित सो सम्मान प्रदान गरेको हो ।

संगीताको फरक यात्रा

ग्रामीण परिवेशमा हुर्केकी संगीताले बाल्यकालमा खासै ठूला सपना सजाइनन् । प्रतिष्ठित विदेशी विश्वविद्यालय पुगेर विद्यावारिधि गरौँला भन्ने सोच त छँदै थिएन । ०५४ सालमा गोरखाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयबाट एसएलसी दिँदासम्म संगीता पुडासैनीले जीवनको लक्ष्य तय गरेकी थिइनन् । एसएलसीपछि उनले उच्च अध्ययनका लागि विषय रोज्नुपर्ने भयो ।

सकियो संगीत तथा नृत्य महोत्सव

हेटौंडामा तीन दिनसम्म चलेको 'राष्ट्रिय संगीत तथा नृत्य महोत्सव' बुधबार सकिएको छ। समापनमा जेठको चर्को गर्मीको समेत पर्वाह नगरी दर्शकले गीत, संगीत र नृत्यको स्वाद लिएका थिए। क्षेत्रीय कलाकार, सांस्कृतिक कलाकर्मी र स्थानीय कलाकारको सहभागिता रहेको महोत्सवको समापनमा उनीहरूले आ–आफ्ना कला प्रस्तुत गरेका थिए।

संगीतसँग साक्षात्कार

पाटन दरबार क्षेत्रस्थित केशवनारायण चोक । गोधूलि साँझ चराहरू आ–आफ्नो गुँड फर्कंदै छन् । मानिस भने प्राचीन दरबारको आँगनमा भित्रिँदै छन् । आकाशमा सूर्यको अनुपस्थितिसँगै चन्द्रमाको उपस्थिति भइसकेको छ । धर्तीमा अँध्यारो ओर्लिसकेको छ । ऐतिहासिक चोकमा राम्रैसँग रात भित्रिँदै छ । डबलीमा सांगीतिक समारोहको सौजन्य सार्वजनिक हुँदै छ।

एससई परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क संगीत

एसएलसी(एसइइ) दिएर फुर्सदिला बनेका विद्यार्थीहरुलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। उनले परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रशिक्षण दिन लागेको बताए।

अस्ताए संगीत गुरु प्रभाकर मधुबाबु

‘श्यामले मुरली बजाए बृन्दावनैमा, मोहनले मोहनी लगाए बृन्दा वनैमा।’ चन्द्रकला शाहले यो गीतको ‘मेलोडि’ सुनाउँउने वित्तिकै उनका लामो समयदेखिका संगीत सहयात्री मधुबाबु थापाले भनेका थिए– ‘दिदी यो भजन मैले गाउन पाउनै पर्छ।

संगीतमा रमाउँदै गए रूबी

रुबी जोशी पेशाले कुनैबेला बंैकर थिए। पेशा फरक भए पनि उनको मन गीतसंगीतसँग जोडियो। त्यही गीतसंगीतमै रमाउँदा रमाउँदै उनले शनिबार ७३ वर्षको उमेरमा धर्ती त्यागे, श्रोताका लागि केही कालजयी गीत छाडेर। उनको शनिबार नै अन्त्येष्टि गरिएको थियो। जोशीका एक छोरा र पत्नी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्