३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

कागतीको पकेट क्षेत्र बनाउदै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेलाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्ने प्रयास थालिएको छ । कागतीको सम्भावनालाई ध्यानमा राखेर गाउँपालिकाले आईतबार बतासेका चार कृषक समूहमा आवद्ध किसानलाई उन्नत जात मानिने ‘सुन कागती १’ प्रजातीको कागतीको विरुवा बाँडेको छ ।

खोटाङका चार वडालाई कागतीको पकेट क्षेत्र बनाइँदै

खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न पहल थालेको छ। कागती उत्पादन गरेर किसानलाई आर्थिकरुपमा सबल बनाउनका लागि गाउँपालिकाले खोटेहाङ गाउँपालिका–८ सिमपानी, ९ लिच्कीराम्चे, ४ बड्कादियाले र ७ खोटाङ बजारलाई पकेट क्षेत्रकारुपमा विकास गर्न कार्यक्रम सुरु गरेको हो।

सामूहिक रुपमा कागतीको बेर्ना उत्पादन गर्दै किसान

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामुहिक रुपमा कागतीको नर्सरी उत्पादनमा लागेका छन्।

३० हजार कागतीका बिरूवा रोपिँदै

कृषिप्रधान देश भए पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा कागती खेती सुरु गरिएको छ।

दुई अर्बको कागती आयात

सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्