१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामूहिक रुपमा कागतीको बेर्ना उत्पादन गर्दै किसान

खोटाङ– साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामुहिकरुपमा कागतीको नर्सरी उत्पादनमा लागेका छन्।

हालसम्म छुट्टा–छुट्टै नर्सरी उत्पादनका काम गर्दैआएका तल्लो टोल बंगुर पालन कृषक समुहले गाउँपालिकाको आर्थिक सहयोगमा सामुहिकरुपमा कागतीको नर्सरी लगाएका छन्।

गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गरेपछि किसानले ३० हजार बराबरको श्रमदान गरेर कागतीको नर्सरी लगाएको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए।

 गाउँपालिका कृषि पर्यटनको विकास गर्ने नीती तथा कार्यक्रम कार्यन्वयनमा लागेको अवस्थामा बाँझेच्यानडाँडाका किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्यकासाथ बीउ हालेका छन्।

कागतीको बेर्ना उत्पादन, कागतीको खेती विस्तार एवं बिक्रीका लागि समुहका आवद्ध २२ किसानले प्लाष्टिकको टनेलाभित्र कागतीको बेर्ना हालेको कृषि शाखा संयोजक राईले बताए।

 

प्रकाशित: ३० मंसिर २०७६ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App