१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विक्रमको तस्बिर उत्कृष्ट

‘उद्यमीको कथा’को विषयमा रहेर राजधानीमा आयोजना गरिएको फोटो प्रतियोगितामा विक्रम रौनियार उत्कृष्ट भएका छन् । समृद्धि फाउन्डेसनले आयोजना गरेको ‘उद्यमीको कथा, एक तस्बिर प्रतियोगिता’मा विक्रमले खिचेको तस्बिरले उत्कृष्ट उपाधिसहित ५० हजार रुपैयाँ राशिको पुरस्कार पाएको हो।

तस्बिरमा हेर्नुस हात्ती वनभोज

चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीलाई वनभोज गराइएको छ । वनभोजमा हात्तीलाई मनपर्ने भोजन गराइएको थियो ।

धुलो रोक्न बाटो छेकेको ! (तस्बिर र भिडियोसहित)

पानी परे हिलो र घाम लागे धुलो हुने यो क्षेत्र व्यवस्थित बन्न अझै कति लाग्ने निश्चित छैन । अहिले धुलोले अत्याए पछि कलंकी माई मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारिहरुले जुक्ती निकाले । सडक विस्तार र ढल खन्दा भाँचिएको झन्डै एक लेन सडकमा ढुंगाको छेको लगाएर बाटो बन्द गरिदिए ।

नेपाली सेनासँग के कस्ता हतियार छन् ? (हेर्नुहोस् तस्बिर र भिडियो)

नेपाली सेनाले फोटो प्रदर्शन गर्दै आफूले गर्दै आएका कामहरु र चलाउँदै आएका हतियार देखाएको छ । बिहीवार त्रिभूवन आर्मी अफिसर क्लबमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले उद्घाटन गरे ।

तस्बिरमा हेर्नुहोस् ४ नम्बर प्रदेशको मतदान

राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदानमा चार नम्बर प्रदेशमा एक जना प्रदेश सांसदबाहेक अन्य सबैको मत खसेको छ। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा आएनन्। लोकसेवा आयोग क्षेत्रीय निर्देशनालयमा भएको मतदानमा प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरु उत्साहका साथ सहभागि भए।

सहिदको तस्बिर नराखिएको भन्दै केहीबेर बैठक अवरुद्ध, अर्को बैठक २९ गते बस्ने

प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ। अर्को बैठक माघ २९ गतेलाई बोलाइएको छ। यस्तै सभामुखको निर्वाचनको मिति फागुन २ गतेलाई तोकिएको छ।

तस्बिरमा ६ नम्बरको पहिलो प्रदेशसभाको तयारी

आइतबार सुरु हुने ६ नम्बर प्रदेशको पहिलो बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णध्वज खड्काको नेतृत्वमा संसद सचिवालयको टोलीले सभा सञ्चालन तथा व्यवस्थापनको काम गरिरहेको छ।

नेपालमा सुष्मा स्वराजका २३ घण्टा, के के गरिन् ? (तस्बिर सहित)

नेपालको दुई दिने भ्रमणमा विहीबार नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज स्वदेश फर्केकिछन्। विहिबार अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजले करिब २३ घण्टा नेपालमा बिताइन्।

तस्बिरमा हेर्नुहोस् ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक

तीन नम्बर प्रदेशको प्रदेश सभा बैठक हेटौंडामा भएको छ। यो पहिलो बैठक हो। प्रदेश सभा बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेकी थिइन्। प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो। बैठकको जेष्ठ सदस्य डाेरमणि पाैडेलले अध्यक्षता गरेका छन्।

अश्लील तस्बिर देखाउने १० पक्राउ

अश्लील तस्बिर देखाएको अभियोगमा ५ बेलायती नागरिक सहित १० विदेशीहरू कम्बोडियामा पक्राउ परेका छन् ।उनीहरू माथि अनुसन्धान जारी रहेको बताउँदै कम्बोडिया प्रहरीले दोषी ठहर भएमा उनीहरूमाथि १ वर्ष जेल सजाय हुने बताएको छ ।

तस्बिर खिच्न नदिएपछि शीतल निवासमा क्यामेरा प्रदर्शन

प्रदेश प्रमुखहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरुलाई अवरोध गरिएको छ। समाचार संकलको लागि शीतल निवास पुगेका पत्रकारहरुलाई गेटमा रोकिएको छ। पत्रकारहरुले त्यसको विरोधमा प्रदर्शन समेत गरेका छन्।

७ तस्बिरमा हेर्नुस् विराट-अनुस्काको रिसेप्सन पार्टी

पूर्व निर्धारित कार्य तालिका अनुसार नै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले दिल्लीमा क्रिकेटर्स टोलीका लागि रिसेप्सन पार्टी दिएका छन् ।

महोत्तरीमा मतदान सुरु, तस्बिर खिच्न अवरोध

चार जना प्रतिनिधि सभा र ८ जना प्रदेश सभा सदस्य चयन गर्नका लागि महोत्तरीको २ सय ५८ मतदान स्थलमा रहेको ४ सय २६ मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ ।

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका तस्बिर, अडियो र भिडियो अनुचित रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

शौच गर्ने व्यक्तिको तस्बिर लिने विहार सरकारको निर्णयप्रति शिक्षकहरुको विरोध

विहार सरकारले खुल्ला ठाँउमा शौच गर्नेको तस्बिर लिन शिक्षकहरूलाई दिएको निर्देशनको सर्वत्र विरोध भएको छ । शिक्षकहरू आबद्ध रहेको एक संगठनले सरकारको यस्तो निर्देशन नमान्ने भन्दै विरोध गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्