८ वैशाख २०८१ शनिबार

गौरवका सडक आयोजनाको प्रगति निराशाजनक

सरकारले चालु आर्थिक वर्षमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी आयोजनाको लागि १ अर्ब ६२ करोड रूपैयाँ विनियोजन गरेको थियो। गत साउनदेखि पुससम्मको ६ महिनामा ५० प्रतिशत अर्थात ८२ करोड रूपैयाँ मात्रै खर्च भएको छ।

लकडाउनमा गल्छी–त्रिशूली–मैलुङ सडकको काम धमाधम

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको लकडाउनमा पनि धमाधम भइरहेको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाईको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको हो ।

निर्माण कार्य ५५ प्रतिशत मात्र

राष्ट्रिय गौरवको आयोजनाको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।

मुआब्जा माग्दै चक्काजाम

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकअन्तर्गत पर्ने पिपलटार–ढुङ्गे खण्डका प्रभावित जग्गाको मुआब्जा माग गर्दै आइतबार दिउँसो एक घण्टा चक्काजाम गरेका छन्। आयोजनाले सडक निर्माण तथा स्तरोन्नति गर्नेक्रममा आप्नो जग्गा सडकमा पर्ने भए पनि आयोजना पक्षले मुआब्जा दिन प्रक्रिया अघि नबढाएको स्थानीयको गुनासो छ।

मुआब्जा माग गर्दै विरोध प्रदर्शन

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारअन्तर्गत पिपलटार–ढुंगे खण्डमा जग्गा पर्ने बासिन्दाले मुआब्जा माग गर्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। पिपल्टार–ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिको आयोजनामा उनीहरूले विरोध ¥याली र कोणसभा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्