दशप्रतिशत आगमन बढाउने २०२५ को लक्ष्य अपुरो
सन् २०२४ को तुलनामा कम्तिमा १० प्रतिशत बढी पर्यटक भित्र्याउने सन् २०२५ को लक्ष्य अपुरै रहेको छ। पर्यटन बोर्डले सन् २०२५ मा जम्मा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको बताएको छ। यो आगमन संख्या अघिल्लो वर्ष ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो।

