१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘खाद्य संस्थानले कुहिएको चामल बेच्यो’

नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् । संस्थानको दिक्तेलस्थित कार्यालयले बिक्री गरेको सोना मन्सुली चामल भिजेर डल्लो परेको, कुहिएर कालो भएको पाइएको उपभोक्ताको गुनासो छ ।

खाद्य संस्थानले कुहिएको चामल बिक्री गरेको उपभोक्ताको गुनासो

नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन्। संस्थानको दिक्तेलस्थित कार्यालयले बिक्री गरेको सोना मन्सुली चामल भिजेर डल्लो परेको, चिल्सा परेको, कुहिएर र सडेर कालो भएको पाइएको उपभोक्ताको गुनासो छ। दशैं र तिहारकाबेलामा खाद्य संस्थानबाट ल्याइएका अधिकांश चामल गुणस्तरहिन पाइएको खाल्लेका स्थानीय नेत्र कट्वालले बताए।

जुम्लामा संस्थानको चामल गोदाममै थन्कियो

कर्णालीका हुम्ला र डोल्पालगायतका जिल्लाका खाद्य संस्थानमा चामल नहुँदा उपभोक्ता मर्कामा परेको आवाज उठिरहेका बेला खाद्य संस्थान जुम्लामा भने चामल बिक्री नभई गोदाममै थन्किएको छ। संस्थानको कार्यालय जुम्लामा अघिल्लो आर्थिक वर्षको १९ सय क्विन्टल चामल मौज्दात रहेको हो।

कति छ संस्थानको खसीबोका–च्याङ्ग्राको मूल्य ?

नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण आइतबारबाट सुरु गरेको छ। संस्थानको थापाथली स्थिति अञ्चल कार्यालय भवन परिसरबाट संस्थानले खसीबोका तथा च्याङ्ग्रा वितरण सुरु गरेको संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए।

संस्थान मर्ज गर्न समिति

सरकारले एकै प्रकृतिका चार सार्वजनिक संस्थानलाई गाभेर एक कम्पनी बनाउने तयारी सुरु गरेको छ। आपूर्ति तथा वितरण सेवालाई सशक्त बनाउन भन्दै उस्तै–उस्तै काम गर्ने संस्थानको मर्ज गर्न समिति बनाउने तयारी गरेको हो।

सुरक्षा निकाय र संस्थानको परीक्षा लोकसेवाले लिने

सुरक्षा निकाय, संस्थानलगायत निकायमा कर्मचारी पूर्ति अब लोकसेवा आयोगले गर्ने भएको छ। सरकारले यी निकायको सबै तहको परीक्षा लोकसेवामार्फत गर्ने व्यवस्थासहित 'लोकसेवा आयोगको काम कर्तव्य र अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक' व्यवस्थापिका संसद्मा दर्ता गराएको छ।

दुग्ध संस्थानद्वारा पशुदाना उत्पादन

दूध र दुग्धजन्य वस्तु प्रशोधन तथा बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) ले किसान लक्षित नयाँ उद्योग सञ्चालन गरेको छ। किसानलाई सस्तोमा दाना उपलब्ध गराएर दूध उत्पादन बढाउन उसले दाना उत्पादन सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्