२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कला समीक्षकको कमी

एकजना मित्रले प्रश्न गर्नुभयो, ‘कलाकारका चित्र किन सर्वसाधारणले बुझ्न सक्दैनन्। कलामा भएका गतिविधि हामीलाई केही थाहा हुन्न। जानकारी नै हुन्न

'सुन्दर नेपाल खुसी नेपाली' फोटो प्रतियोगितामा मिथुन कुँवरको तस्बिर उत्कृष्ट

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवर प्रथम भएका छन्। उनले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिरले प्रथम स्थान हासिल गरेको हो।

रञ्जुको सन्देश

ललितकला पुरस्कार ०७६ बाट पुरस्कृत भएकी मिथिला कलाकार रञ्जु यादव सन्देशमूलक चित्र बनाउन सिपालु छिन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा नवौं राष्ट्रिय ललितकला प्रदर्शनी गरिरहेको छ। त्यहाँ विभिन्न विधाको कला राखिएका छन्। लोककला विधामा यसपालि राष्ट्रिय ललितकला पुरस्कार–०७६ बाट मिथिला चित्रकार रञ्जु यादव पुरस्कृत भइन्।

महिला स्वतन्त्रता पक्षमा राष्ट्रिय कला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको केही शक्तिशाली प्राज्ञहरूले हतारमा प्रदर्शनी गर्न खोज्दा आफूनिकटलाई समावेश गरेका छन्। त्यसैले यो प्रदर्शनीले कहिल्यै कलाकार र कलाको विकासमा योगदान पु-याउन सकेन।

समृद्धिको यात्रामा भाषा र कलाको महत्वपूर्ण भूमिका

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको नारा साकार पार्न भाषा र कलाले महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। उनले देश विकासमा कला र सहित्यको भूमिका महत्वपूर्ण हुने बताए।

ललितकला र संगीत नाट्यविरुद्ध सर्वोच्चमा रिट

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा ऐन विपरित पदाधिकारी नियुक्त गरिएको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। कलाकारद्वय गेहेन्द्रमान अमात्य र नगेनसिंह ठकुरीले ललितकलामा सरकारले गरेको नियुक्ति उल्टो प्रक्रियाबाट भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, संस्कृति तथा पर्यटन मन्त्रालय र मन्त्री तथा ललितकला प्रज्ञा प्रतिष्ठानमा हालै नियुक्त भएका कुलपतिसहितका पदाधिकारीलाई विपक्षी बनाइएको छ।

ललितकला र संगीत नाट्य प्रतिष्ठानको नियुक्ति अन्यौलमा

भाषा साहित्य वाङ्मयको विकासका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको छ। कला, संस्कृति र नेपाली भाषा साहित्यका लागि गठन भएका तीन प्रज्ञा प्रतिष्ठानमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद र प्राज्ञहरूको नियुक्ति भएसँगै यसले पूर्णता पाएको हो।

ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

प्रशान्त स्मृति समाजले ललितकला विषयमा अध्ययनरत प्रतिभाशाली छात्रछात्रालाई प्रदान गरी प्रोत्साहित गर्ने उद्देश्यअनुरुप स्थापित ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ यस वर्ष युवा कलाकारहरु ललित कला क्याम्पसकी सोनी राई, सिर्जना कलेज अफ फाइन आर्ट्सका हरिराम अघिकारी तथा केयू सेन्टर फर फाइन आर्ट्स एन्ड डिजाइनकी नीलम भुर्तेललाई प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी

सामुदायिक विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चको व्यवस्था गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय ललितकला प्रदर्शनी भएको छ।

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा देशभरका कलाकारका कला प्रदर्शनीका लागि राखिएका छन्।

अझै पास भएन ललितकला आर्थिक नियमावली

२०६८ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल सुरु भयो । त्यस बेलाको प्राज्ञ र परिषद्को सिंगो सभाले कर्मचारी नियमावली र आर्थिक नियमावली बनाएर सम्बन्धित निकायमा पठायो । कर्मचारी नियमावली सामान्य प्रशासन मन्त्रालयबाट पारित भएर आयो । प्राज्ञहरूको एक कार्यकाल चारवर्षको रहने गर्छ । तर अर्थ मन्त्रालयमा पुगेको नियमावली दोस्रो कार्यकाल सकिन लाग्दासमेत पारित भएर आएको छैन ।

कार्यविधिबिना चल्छ ललितकला

सरकारी वा गैर सरकारी निकाय संविधान, ऐन, नियम, कार्यविधि र निर्देशिका आधारमा चल्नुपर्ने प्रावधान छ । तर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यसम्पादन कार्यविधी र निर्देशिका भन्दा ठिक उल्टो छ । ऐन नियमसँग नबाझिने गरी हरेक निकायले कार्यविधि र निर्देशिका बनाएर कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

ललितकला प्रज्ञा-प्रतिष्ठानमा शीतयुद्ध

ललितकला प्रज्ञा-प्रतिष्ठान गठनका लागि कलाकारले चुनौतीपूर्ण स्थितिको सामना गर्नुपरेको इतिहास छ। स्वतन्त्र ललितकला प्रज्ञा–प्रतिष्ठानको माग राखी आन्दोलन गर्दै जाँदा यो स्थापना भएको हो। यसको आवश्यकता महसुस सरकारलाई होइन कि स्वयं कलाकारलाई भएको हो, जसलाई प्राज्ञ पदाधिकारीले बुझ्न जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्